मुख्य समाचार
जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि | पत्रकार किशोर श्रेष्ठ पुनः पक्राउ पर्नसक्ने भन्दै निषेधाज्ञाको निवेदन लिएर उच्च अदालतमा | सामाजिक सद्भाव अभिवृद्धिमा प्रशंसनीय दृष्टिकोणको प्रयोग : चेपाङ समुदायबाट सिकाइ | तानसेनमा पूर्व प्रहरी सङ्गठन पाल्पाको ३६ औ स्थापना विशेष कार्यक्रम, संस्थापक सदस्य के.सी. सम्मानित | स्वदेशमै व्यवसाय गर्ने आँट र हिम्मतलाई उमेरले छेक्दैन अधिकारी | किशोर श्रेष्ठलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा | आज काठमाडौं उपत्यकामा ७ स्थानबाट एलपी ग्यास बिक्री हुँदै | नारायणगढ–काठमाडौँ सडकखण्ड पूर्णरूपमा अवरुद्ध | पाल्पामा भन्सार छलीका ४ लाख ७५ हजार रुपैयाँ बराबरका सामानसहित २ जना पक्राउ |
मुख्य समाचार
जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि | पत्रकार किशोर श्रेष्ठ पुनः पक्राउ पर्नसक्ने भन्दै निषेधाज्ञाको निवेदन लिएर उच्च अदालतमा | सामाजिक सद्भाव अभिवृद्धिमा प्रशंसनीय दृष्टिकोणको प्रयोग : चेपाङ समुदायबाट सिकाइ | तानसेनमा पूर्व प्रहरी सङ्गठन पाल्पाको ३६ औ स्थापना विशेष कार्यक्रम, संस्थापक सदस्य के.सी. सम्मानित | स्वदेशमै व्यवसाय गर्ने आँट र हिम्मतलाई उमेरले छेक्दैन अधिकारी | किशोर श्रेष्ठलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा | आज काठमाडौं उपत्यकामा ७ स्थानबाट एलपी ग्यास बिक्री हुँदै | नारायणगढ–काठमाडौँ सडकखण्ड पूर्णरूपमा अवरुद्ध | पाल्पामा भन्सार छलीका ४ लाख ७५ हजार रुपैयाँ बराबरका सामानसहित २ जना पक्राउ |

लेख २ भाद्र २०८३, मङ्गलबार

सामाजिक सद्भाव अभिवृद्धिमा प्रशंसनीय दृष्टिकोणको प्रयोग : चेपाङ समुदायबाट सिकाइ

Rastriyanews

पृष्ठभूमी

सामाजिक सद्भाव भनेको केवल द्वन्द्वको अभाव होइन; यो त आपसी सम्मान, विश्वास, सहकार्य, समानता, अपनत्व र साझा जिम्मेवारीको भावना हो । “सयथरी बाजा एउटै ताल सयथरी गोडा एउटै चाल” कायम गर्नु सामाजिक सदभाव कायम गर्नु हो । नेपाल बहुजाती बहुभाषी तथा बहुक्षेत्रीतायुक्त मुलुक हो । यहि बिशेषताले नै नेपाललाइ सुन्दर बनाएको छ । एउटा फूलबारीमा एउटै थरी मात्रै फूल भयो भने बगैंचा सुन्दर देखिदैन । जतिधेरै फूल भयो त्यतिनै धेरै रंगिचंगी र रमणीय देखिन्छ । यो विविधतालाइ एकतामा बाँध्ने कार्य सद्भावको डोरीबाट मात्रै सम्भव छ । भनिन्छ (Wholess Bring Out The Beautiness) सम्पूर्णताको व्यवस्थापनले सुन्दरताको जन्म दिन्छ । यहि मर्मलाइ आत्मसाथ गर्दै विविध जातजाती, भाषा, संस्कृति, धर्म र परम्पराले समृद्ध नेपाली समाजमा सामाजिक सद्भाव कायम गर्नु आजको महत्वपूर्ण आवश्यकता हो । बेलाबेलामा देखिने कतिपय सद्भाव भडकिने कार्यलाइ समाप्त गर्न, समाजलाइ सुदृढ, सबल एबं सक्षम बनाउन हामी बिचको एकतालाइ गुणन गर्नुपर्छ ।

यसका लागि हामीले समाजमा रहेका असमझदारी, फरकपन, वादविवाद, समस्यामात्र खोज्नेभन्दा समाजमा पहिले देखिनै चलिआएका असल अभ्यास, सकारात्मक सम्बन्ध, सफल अनुभव र सामूहिक शक्तिको पहिचान गरी त्यसलाई विस्तार गर्न “प्रशंसनीय दृष्टिकोण (Appreciative lnquiry-Al)" प्रभावकारी विधि बन्न सक्छ । जसले समाजको सद्भाव मजबुत बनाउन मद्दत गर्छ । प्रशंसनीय दृष्टिकोण ( Appreciative lnquiry) को मूल भावना हो : Discover what we have?, dream what next we can do better, desing the future, and create it together" अर्थात जे राम्रो छ, त्यसलाई पहिचान गरौँ; जे सम्भव छ, त्यसको सपना देखौँ; त्यसका लागि साझा योजना बनाऔँ र मिलेर कार्यान्वयन गरौँ । समाज रुपान्तरणका असल अभ्यासहरु, विगतका सफलताहरुबाट सृजित बर्तमानमा रहेभएका क्षमताको पहिचान गरौं र त्यसलाइ उपयोग गर्न सकिने अवसर ठम्याउँ ।

सामाजिक सद्भाव अभिबृद्धिका लागि प्रशंसनीय दृष्टिकोण नै किन ?

हामीले अहिले सम्म प्रयोग गरिआएको परम्परागत दृष्टिकोणले प्रायः प्रश्न गर्छ : “समाजमा समस्या के छ ?” “द्वन्द्व किन भयो ?” “कसको कमजोरीका कारणले यो बिग्रिरहेकोछ ?” यसबाट एकअर्कामा दोषारोपणको स्थिती सृजना गर्दछ । यसबाट सद्भाव बृद्धि होइन नकारात्मकता र वादविवाद बढाउने मात्र काम हुन्छ । मानिसको मनोबल गिराउने, समाजमा कसैलाइ निचो देखाउने मात्रै कार्य हुन्छ । तर Appreciative lnquiry ले त फरक प्रश्न गर्छ जस्तो, हाम्रो समाजमा कहिले सबैभन्दा राम्रो सद्भाव देखिएको थियो ? कुन घटनामा ?यो सुन्दरतमअवस्था सृजना गर्न कस कसको भूमिका कस्तो रह्यो ? त्यसबाट समाजिक एकताको अवस्था कस्तो भयो ?  त्यतिबेला मानिसहरूले के राम्रो गरेका थिए ? कुन मूल्य र व्यवहारले मानिसहरूलाई नजिक ल्यायो ? विभिन्न समुदायबीच विश्वास कसरी निर्माण भयो ? हामीले ती सफल अभ्यासलाई अझ ठूलो स्तरमा कसरी विस्तार गर्न सक्छौँ ?

यसरी समस्यालाई केन्द्रमा नराखी सम्भावना, शक्ति, सकारात्मक अनुभव र साझा सपनालाई केन्द्रमा राखिन्छ । सामाजिक सद्भाव अभिवृद्धिका लागि Al को 4-D Model अर्थात चार स को बिधी उपयुक्त बिधी हुनसक्छ । हामी सबैको साझा उद्देश्य हो, समाजमा शान्ती, अमन ,चयन, भाइचारा, सुखदुखमा साथ अर्थात सद्भावको अवस्था सृजना भएको अवस्था सृजना गर्नु । त्यसका लागि समुदायका विभिन्न समूहलाई एउटै ठाउँमा राखेर प्रश्न गरौँ  “हामी कस्तो सद्भावयुक्त समाज निर्माण गर्न चाहन्छौँ ?” जहाँ जातजाती, धर्म, भाषा भाषी, वर्ग वा संस्कृतिका आधारमा विभेद होइन, सम्मान र सहकार्य हुन्छ । यसको प्रयोग तरिका चर्चा गर्दा यसका चार स को बारेमा जानकारी राखौं ।सोधखोज (Discover) राम्रा अभ्यासको खोजी, सामुहिक सफलताको खोजी, सामुहिक क्षमताको खोजी, समुदायमा भएका सकारात्मक अनुभव खोजी । जस्तै, संकटमा एक समुदायले अर्को समुदायलाई सहयोग गरेको घटना, चाडपर्वमा सामूहिक सहभागिता,  सामूहिक श्रमदान, पानी, वन तथा सार्वजनिक स्रोतको साझा संरक्षण, दुःख–सुखमा एकअर्काको साथ, अन्तरजातीय सामाजिक सम्बन्ध, स्थानीय परम्परा र संस्कृतिको सम्मान जस्ता राम्रा अभ्यासको खोजी । प्रशंसनीय दृष्टिकोण एउटा खोजमूलक विधी भएको हुनाले यसबिधीले प्रश्नलाइ परिवर्तनको मुख्य औजार ठान्दछ । तसर्थ यसले हरेक कुरा खोज्न प्रश्नको कुटो चलाउँछ । उदाहरणका लागि प्रश्न कसरी गर्ने उदाहरणका रुपमा लिउँ । “हाम्रो समुदायमा सबैभन्दा राम्रो सामाजिक सद्भाव कहिले देखिएको थियो ?

Dream - साझा भविष्यको कल्पना गरौं यसका लागि समुदायका मानिसलाई सोधौँ— “यदि हाम्रो समाजमा पूर्ण सामाजिक सद्भाव भयो भने पाँच वर्षपछि हाम्रो गाउँ कस्तो देखिएला ?”  यसबाट साझा सपना निर्माण हुन्छ । त्यो सुन्दर समाजको परिकल्पनाको निर्माण नै सपनाको चरण हो ।

Design – सद्भावका लागि संरचना निर्माण  साझा सपनालाई व्यवहारमा उतार्नका लागि कस्ता कार्यहरु अगाडि बढाउने, ति कार्यक्रमको संरचना यस चरणमा गर्न सकिन्छ । त्यसमा, सद्भाव संवाद, अन्तरसमुदायिक सांस्कृतिक कार्यक्रम, सामूहिक श्रमदान, युवा सद्भाव क्लब, महिला संवाद समूह, विद्यालयमा सद्भाव शिक्षा, साझा चाडपर्व तथा उत्सव, समुदायस्तरीय मेलमिलाप संयन्त्र, जस्ता कार्यक्रम बनाउन सकिन्छ । जसबाट हामीले परिकल्पित गरेको समाज निर्माण गर्न सकियोस ।

Delivery निरन्तर कार्यान्वयनका लागि कार्ययोजना यस सञ्चालनको मुख्य पाटो हो । सद्भाव एकपटकको कार्यक्रम होइन । यसलाई दैनिक व्यवहार र संस्कार बनाउनु आवश्यक छ । यसका लागि निरन्तरताका लागि गर्ने कार्ययोजना निर्माण गर्नुपर्दछ ।  त्यसैले प्रत्येक समुदाय, परिवार, विद्यालय, संस्था र स्थानीय नेतृत्वले सकारात्मक व्यवहारलाई निरन्तरता दिनुपर्छ । 

समाजमा खस्कदै गएको सद्भावलाइ अभिबृद्धि गर्दै समाजलाइ सकारात्मक रुपान्तरण गर्नका लागि नेपाल प्रशंसनीय दृष्टिकोण राष्ट्रिय सञ्जालले सामाजिक सद्भाव अभिबृद्धिका लागि सकारात्मक सोच अभियान सञ्चालन गर्ने योजनाका साथ संस्थाको नवौ राष्ट्रिय भेला चितवनको कालिका नगरपालिका वार्ड नं १० सिद्धी तिनदोभानको चेपाङबस्तीमा गर्ने निर्णय मुताबिकको भेला सम्पन्न भयो । यो भेलाको उद्देश्य सामाजिक सद्भाव अभिबृद्धिका लागि चेपाङ समुदायबाट सिक्ने । सामाजिक सद्भाव बिकासका लागि सिक्न सकिने कुराहरु अध्ययन गर्ने मुख्य उद्देश्य राखेको थियो । त्यस भेलाबाट भएका सिकाइहरु निम्न छन : 

नेपालका चेपाङ समुदायको जीवनशैलीमा प्रकृति, समुदाय र पारस्परिक सहयोगसँग जोडिएका धेरै सकारात्मक पक्षहरूबाट सामाजिक सद्भावका लागि सिक्न सकिन्छ ।

विशेष गरी कठिन भौगोलिक तथा आर्थिक परिस्थितिमा पनि समुदायभित्र आपसी सहयोग, श्रमको साझेदारी, सामूहिक जीवनशैली, प्रकृतिसँगको सम्बन्ध र सामुदायिक अपनत्व महत्वपूर्ण सामाजिक पूँजीका रूपमा देखिन्छन् । चेपाङ समुदायको जीवनबाट हामीले यस्तो सकारात्मक सन्देश लिन सक्छौँ, हामी फरक हुन सक्छौँ, तर हाम्रो दुःख–सुख साझा छन । सामुदायिक जीवनमा देखिने पारस्परिक सहयोग, सामूहिक श्रम र प्रकृतिप्रतिको सम्बन्धलाई आधुनिक सामाजिक सद्भाव निर्माणसँग जोड्न सकिन्छ । तर चेपाङ समुदायलाई केवल समस्याग्रस्त वा पिछडिएको समुदायका रूपमा हेर्ने होइन उनीहरूको ज्ञान, संस्कृति, सीप, सामुदायिक सम्बन्ध र सकारात्मक सामाजिक अभ्यासलाई सम्मानपूर्वक पहिचान गर्नु नै Appreciative lnquiry को सही दृष्टिकोण हो । हामीले भेला गर्नुको मुख्य ध्येय पनि यहि थियो ।

हाम्रो पूर्वीय दर्शनले जहिले पनि सामाजिक सद्भाव बिकास गर्ने पक्षमा जोड दिइरहेकोछ । यसले हजारौँ वर्षअघि नै सामाजिक एकता र सद्भावको महत्वलाई उजागर गरेको छ । वेदका केही श्लोकमा  यस्तो देखिन्छ : “संगच्छध्वं संवदध्वं” ंगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम्,देवा भागं यथा पूर्वे सञ्जानाना उपासते, जसको अर्थ हुन्छ हामी सँगसँगै हिँडौँ, मिलेर संवाद गरौँ र हाम्रा मनहरूमा एकता कायम होस् । यो मन्त्र  Appreciative lnquiry को मूल भावनासँग अत्यन्त नजिक छ । पूर्वीय दर्शनका केही श्लोक छन : अयं निजः परो वेति गणना लघुचेतसाम्,  उदारचरितानां तु वसुधैव कुटुम्बकम् अर्थात यो मेरो हो, त्यो पराई हो भन्ने सोच संकुचित मनको हो; उदार हृदय भएका मानिसका लागि सम्पूर्ण संसार नै परिवार हो यो नै सामाजिक सद्भावका लागि  अत्यन्तै शक्तिशाली दर्शन हो

निचोड

सारमा भन्नुपर्दा , सामाजिक सद्भाव अभिबृद्धि गर्न हामीले सोच्ने शैली परिवर्तन गर्नुपर्छ, “यो समुदायले के बिगार्‍यो ? बाट “यो समुदायले के राम्रो गरिरहेको छ ?” तर्फ सोच्न सुरु गर्नुपर्दछ ।“दोषी को हो?” बाट “हामीले यसबाट के सिक्न सक्छौँ?” तर्फ जानुपर्छ । “को अगाडि जाने ?बाट “हामी सबै मिलेर कसरी अगाडि बढ्ने?” तर्फ जानुपर्छ । यही परिवर्तनले सामाजिक सद्भावको नयाँ संस्कृति निर्माण गर्न सक्छ । समाजलाइ सद्भावको दिशामा अगाडि बढाउन समाजमा निम्न प्रश्नमा छलफल चलाउनुपर्दछ : तपाईंको समुदायमा तपाईंलाई सबैभन्दा गर्व लाग्ने सामाजिक अभ्यास कुन हो ? विभिन्न जातजातिका मानिसहरूबीच राम्रो सम्बन्ध भएको कुनै घटना सम्झनुहोस् । ,  तपाईंले अरू समुदायबाट सिकेको सबैभन्दा राम्रो कुरा के हो ?, संकटको समयमा समुदायले एकअर्कालाई कसरी सहयोग गरेको छ ?, तपाईंको गाउँमा सद्भावको सबैभन्दा राम्रो उदाहरण के हो ?  तपाईंको समुदायका कुन सकारात्मक परम्परालाई बचाउनुपर्छ ?  पाँच वर्षपछि हाम्रो समाज कस्तो भएको देख्न चाहनुहुन्छ ? त्यो सपना पूरा गर्न हामी आजैबाट के गर्न सक्छौँ ? यो प्रश्नका साथ समाज रुपान्तरणको अभियान सञ्चालन गराैँ ।

यहि हाम्रो कर्म हो साथै मर्म पनि ।

प्रतिक्रिया

ताजा समाचार

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

२ भाद्र २०८३, मङ्गलबार

पत्रकार किशोर श्रेष्ठ पुनः पक्राउ पर्नसक्ने भन्दै निषेधाज्ञाको निवेदन लिएर उच्च अदालतमा

२ भाद्र २०८३, मङ्गलबार

सामाजिक सद्भाव अभिवृद्धिमा प्रशंसनीय दृष्टिकोणको प्रयोग : चेपाङ समुदायबाट सिकाइ

२ भाद्र २०८३, मङ्गलबार

तानसेनमा पूर्व प्रहरी सङ्गठन पाल्पाको ३६ औ स्थापना विशेष कार्यक्रम, संस्थापक सदस्य के.सी. सम्मानित

२ भाद्र २०८३, मङ्गलबार

स्वदेशमै व्यवसाय गर्ने आँट र हिम्मतलाई उमेरले छेक्दैन अधिकारी

१ भाद्र २०८३, सोमबार

किशोर श्रेष्ठलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

१ भाद्र २०८३, सोमबार

सम्बन्धित समाचार