मुख्य समाचार
जेन्जी अभियन्ता उमेश भण्डारीले भुइँतहबाटै सुरु गरे राजनीतिक यात्रा | देउखुरीमा सर्पले डस्दा ७५ वर्षीय वृद्धको मृत्यु | सुन एकैदिन ८ हजार ३०० रुपैयाँ सस्तियो | मौसम क्रमिक रूपमा सुधार हुँदै जाने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना | सुस्तामा पानीले बगाएर ल्याएको अवस्थामा बालकको शव फेला | बोली, बोल्ने कला र महत्त्व | नेपाललाई क्षेत्रीय ‘मेडिकल हब’ बनाउने सरकारको तयारी, कार्यदल गठन गरिने | द्वन्द्वात्मक युगको यात्रामा बर्तमानमा विश्व र नेपाल: विकास कि विनाश? | तानसेनका ३ हजार ३२४ उपभोक्ताले पाउने भए विद्युत् महसुलमा छुट | पत्रकार पक्राउको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन |

समाचार राष्ट्रिय समाचार प्रदेश २९ भाद्र २०८३, मङ्गलबार

भोलिदेखि दैनिक १६० बुलेट ग्यास आयात हुने, एक साताभित्र अभाव हट्ने सरकारको दाबी

Rastriyanews

काठमाडौँ । बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव समाधान गर्न सरकारले ग्यास आयात बढाउने भएको छ। भोलिदेखि दैनिक १६० बुलेट ग्यास आयात गरिने उद्योगमन्त्री दीपक साहले जानकारी दिएका छन्।

मंगलबार पत्रकारहरूसँगको छलफलमा मन्त्री साहले ग्यासको अभाव तत्काल समाधान गर्न भारतबाट बढी परिमाणमा ग्यास आयातका लागि अनुरोध गरिएको र भारत त्यसका लागि सहमत भएको बताए।

उनका अनुसार यसअघि दैनिक करिब १०० बुलेट ग्यास आयात हुँदै आएकोमा अब त्यसलाई बढाएर १६० बुलेट पुर्‍याइनेछ। मन्त्री साहले एक साताभित्र बजारमा देखिएको ग्यास अभावको समस्या समाधान हुने दाबी गरे।

मन्त्री साहले मंगलबार नेपाल आयल निगममै पुगेर ग्यासको माग तथा आपूर्तिको अवस्थाबारे जानकारी लिएका थिए। सो क्रममा ग्यास अभाव समाधान गर्न आयातको परिमाण बढाउन निगमलाई निर्देशन दिइएको र निगमले सोहीअनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई पत्राचार गरेको उनले बताए।

गत असोज १० र १४ गते त्रिशूलीमा आएको बाढीले कृष्णभीरमा सडक कटान गरेपछि ग्यास आपूर्ति प्रभावित भएको थियो।

हाल मकवानपुर, चितवन, नवलपरासी, बारा र पर्सामा बुलेटबाट ग्यास रिफिल गरी वैकल्पिक मार्ग हुँदै ट्रकमार्फत ग्यास आयात भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार