मुख्य समाचार
भोलिदेखि दैनिक १६० बुलेट ग्यास आयात हुने, एक साताभित्र अभाव हट्ने सरकारको दाबी | आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्करसहित एक जना पक्राउ | भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३९५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन | ऋषि पञ्चमी आज : सप्तऋषिको पूजा गर्दै हिन्दु नारीहरू | ऋषि पञ्चमी — परम्पराभित्र लुकेको जीवन–दर्शन | सडकमा हात हल्लाएर सवारी नियन्त्रण गर्ने अवस्था अन्त्य गर्नुपर्छ : आईजीपी कार्की | गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते | रविन्द्र घिमिरे माननीय माधव थापाको स्वकीय सचिवमा नियुक्त | जनप्रतिनिधिकै नेतृत्वमा श्रमिकमाथि कुटपिट भएको भन्दै सांसद थापाको आपत्ति | कुशे औँसी : कुशको महत्त्व र पिताको महत्त्व |

समाचार राष्ट्रिय समाचार प्रदेश ३० भाद्र २०८३, मङ्गलबार

भोलिदेखि दैनिक १६० बुलेट ग्यास आयात हुने, एक साताभित्र अभाव हट्ने सरकारको दाबी

Rastriyanews

काठमाडौँ । बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव समाधान गर्न सरकारले ग्यास आयात बढाउने भएको छ। भोलिदेखि दैनिक १६० बुलेट ग्यास आयात गरिने उद्योगमन्त्री दीपक साहले जानकारी दिएका छन्।

मंगलबार पत्रकारहरूसँगको छलफलमा मन्त्री साहले ग्यासको अभाव तत्काल समाधान गर्न भारतबाट बढी परिमाणमा ग्यास आयातका लागि अनुरोध गरिएको र भारत त्यसका लागि सहमत भएको बताए।

उनका अनुसार यसअघि दैनिक करिब १०० बुलेट ग्यास आयात हुँदै आएकोमा अब त्यसलाई बढाएर १६० बुलेट पुर्‍याइनेछ। मन्त्री साहले एक साताभित्र बजारमा देखिएको ग्यास अभावको समस्या समाधान हुने दाबी गरे।

मन्त्री साहले मंगलबार नेपाल आयल निगममै पुगेर ग्यासको माग तथा आपूर्तिको अवस्थाबारे जानकारी लिएका थिए। सो क्रममा ग्यास अभाव समाधान गर्न आयातको परिमाण बढाउन निगमलाई निर्देशन दिइएको र निगमले सोहीअनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई पत्राचार गरेको उनले बताए।

गत असोज १० र १४ गते त्रिशूलीमा आएको बाढीले कृष्णभीरमा सडक कटान गरेपछि ग्यास आपूर्ति प्रभावित भएको थियो।

हाल मकवानपुर, चितवन, नवलपरासी, बारा र पर्सामा बुलेटबाट ग्यास रिफिल गरी वैकल्पिक मार्ग हुँदै ट्रकमार्फत ग्यास आयात भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार