मुख्य समाचार
बडादसैँको सातौँ दिन आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको विशेष पूजा | रामचन्द्र खनालको ऐतिहासिक उपन्यास ‘रानीमहल’ विमोचन | राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन अपिल | डा. राम बहादुर राउतको ‘जीवनशैली’ पुस्तक विमोचन: समाजलाई सकारात्मकतातर्फ फर्काउन मुख्यमन्त्री आचार्यको आह्वान | सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, सात स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा | माथागढीको स्वास्थ्य सेवामा १२ वर्ष बिताएका ध्रुवबहादुर सुनारलाई सम्मानसहित बिदाइ | रेमिट्यान्स र निर्यात बढ्दा शोधनान्तर बचतमा सुधार | गुल्मीमा देवरको कुटपिटबाट भाउजूको मृत्यु, आरोपित पक्राउ | पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु | रामपुर नगरपालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक पान दर्ता सेवा सुरु |

पाल्पामा विपद् उद्धार समिति गठन

Rastriyanews

पाल्पा । विपद्का समयमा उद्धार कार्यलाई थप प्रभावकारी र चुस्त बनाउन पाल्पामा विपद् उद्धार समिति गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाको समन्वयमा जिल्लाका सरोकारवाला निकायसँगको सहकार्यमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिलाई सहयोग गर्ने गरी समिति गठन गरिएको हो ।

जिल्लामा भैपरी आउन सक्ने दुर्घटना तथा विपद्का घटनालाई न्यूनीकरण गर्दै सम्भावित दुर्घटनामा तत्काल उद्धार कार्य सञ्चालन गर्ने उद्देश्यले समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

समितिको संयोजकमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रहने व्यवस्था गरिएको छ । समितिमा नेपाल रेडक्रस सोसाइटी पाल्पाका प्रमुख बाबुराम कार्की, सञ्चारकर्मी सन्तोष बस्याल, होटल व्यवसायीका तर्फबाट लक्ष्मण बस्याल, र्‍याफ्टिङ सञ्चालक अनिल राना, श्रीनगर यातायातका भविन्द्र गौतम, पश्चिम नेपाल बस समितिका सम्मरबहादुर थापा, नारायण युवा क्लबका विनायक महर्जनलगायत १४ जना सदस्य रहेका छन् ।

त्यसैगरी विपद्का समयमा खोज, पड्ताल तथा निरीक्षणका लागि पाल्पामा रहेका ड्रोन सञ्चालकहरूलाई समेत सहयोगीका रूपमा समेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी भीमलाल भट्टराईले पाल्पा बाढीपहिरो, सडक दुर्घटना तथा डढेलोलगायतका विपद्का घटनाको उच्च जोखिममा रहेकाले सम्भावित घटना हुन नदिन र घटना भइहाले तत्काल उद्धारमा सक्रिय हुन समिति गठन गरिएको बताउनुभयो ।

समितिको समन्वय अधिकृतमा प्रहरी निरीक्षक हिमनाथ घिमिरेलाई जिम्मेवारी दिइएको छ ।

समितिको गठनका क्रममा सहभागीहरूले जिल्लामा सकेसम्म विपद्का घटना हुन नदिने तथा घटना भइहाले आ–आफ्नो क्षेत्रबाट उद्धार तथा राहत कार्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

हालै रसुवामा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको घटनाबाट पाठ सिक्दै पाल्पामा पनि सम्भावित विपद्का घटना रोकथाम तथा पूर्वतयारीमा सबै पक्ष चनाखो हुनुपर्नेमा सहभागीहरूले जोड दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

बडादसैँको सातौँ दिन आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको विशेष पूजा

१ कार्तिक २०८३, शनिबार

रामचन्द्र खनालको ऐतिहासिक उपन्यास ‘रानीमहल’ विमोचन

१ कार्तिक २०८३, शनिबार

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन अपिल

१ कार्तिक २०८३, शनिबार

डा. राम बहादुर राउतको ‘जीवनशैली’ पुस्तक विमोचन: समाजलाई सकारात्मकतातर्फ फर्काउन मुख्यमन्त्री आचार्यको आह्वान

३० असोज २०८३, शुक्रबार

सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, सात स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

३० असोज २०८३, शुक्रबार

माथागढीको स्वास्थ्य सेवामा १२ वर्ष बिताएका ध्रुवबहादुर सुनारलाई सम्मानसहित बिदाइ

२९ असोज २०८३, बिहीबार

सम्बन्धित समाचार