मुख्य समाचार
भोलिदेखि दैनिक १६० बुलेट ग्यास आयात हुने, एक साताभित्र अभाव हट्ने सरकारको दाबी | आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्करसहित एक जना पक्राउ | भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३९५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन | ऋषि पञ्चमी आज : सप्तऋषिको पूजा गर्दै हिन्दु नारीहरू | ऋषि पञ्चमी — परम्पराभित्र लुकेको जीवन–दर्शन | सडकमा हात हल्लाएर सवारी नियन्त्रण गर्ने अवस्था अन्त्य गर्नुपर्छ : आईजीपी कार्की | गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते | रविन्द्र घिमिरे माननीय माधव थापाको स्वकीय सचिवमा नियुक्त | जनप्रतिनिधिकै नेतृत्वमा श्रमिकमाथि कुटपिट भएको भन्दै सांसद थापाको आपत्ति | कुशे औँसी : कुशको महत्त्व र पिताको महत्त्व |

समाचार राष्ट्रिय समाचार प्रदेश ३० भाद्र २०८३, मङ्गलबार

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्करसहित एक जना पक्राउ

Rastriyanews

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित नेपाल आयल निगम परिसरबाट डिजेल निकालिरहेको अवस्थामा तीनवटा ट्याङ्करसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जना व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा उनीहरूलाई फेला पारेको हो।

प्रहरीका अनुसार घटनास्थलमा दुईवटा ट्याङ्कर फेला परेका थिए भने अर्को एउटा ट्याङ्कर घटनास्थलबाट भागेको थियो। प्रहरीले उक्त ट्याङ्करलाई पछ्याउँदै नियन्त्रणमा लिन सफल भएको जनाएको छ।

नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जना व्यक्तिमाथि डिजेल चोरी तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार