मुख्य समाचार
जेन्जी अभियन्ता उमेश भण्डारीले भुइँतहबाटै सुरु गरे राजनीतिक यात्रा | देउखुरीमा सर्पले डस्दा ७५ वर्षीय वृद्धको मृत्यु | सुन एकैदिन ८ हजार ३०० रुपैयाँ सस्तियो | मौसम क्रमिक रूपमा सुधार हुँदै जाने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना | सुस्तामा पानीले बगाएर ल्याएको अवस्थामा बालकको शव फेला | बोली, बोल्ने कला र महत्त्व | नेपाललाई क्षेत्रीय ‘मेडिकल हब’ बनाउने सरकारको तयारी, कार्यदल गठन गरिने | द्वन्द्वात्मक युगको यात्रामा बर्तमानमा विश्व र नेपाल: विकास कि विनाश? | तानसेनका ३ हजार ३२४ उपभोक्ताले पाउने भए विद्युत् महसुलमा छुट | पत्रकार पक्राउको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन |

समाचार राष्ट्रिय समाचार प्रदेश २९ भाद्र २०८३, मङ्गलबार

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्करसहित एक जना पक्राउ

Rastriyanews

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित नेपाल आयल निगम परिसरबाट डिजेल निकालिरहेको अवस्थामा तीनवटा ट्याङ्करसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जना व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा उनीहरूलाई फेला पारेको हो।

प्रहरीका अनुसार घटनास्थलमा दुईवटा ट्याङ्कर फेला परेका थिए भने अर्को एउटा ट्याङ्कर घटनास्थलबाट भागेको थियो। प्रहरीले उक्त ट्याङ्करलाई पछ्याउँदै नियन्त्रणमा लिन सफल भएको जनाएको छ।

नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जना व्यक्तिमाथि डिजेल चोरी तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार