मुख्य समाचार
घट्यो बैंकको ब्याजदर, व्यक्तिगत मुद्दतीमा औसत ४.०८९६ प्रतिशत | सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो | सिद्धबाबा नजिकै ढुङ्गा कारमाथि बजारिँदा २ जना घाइते | भोलिदेखि दैनिक १६० बुलेट ग्यास आयात हुने, एक साताभित्र अभाव हट्ने सरकारको दाबी | आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्करसहित एक जना पक्राउ | भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३९५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन | ऋषि पञ्चमी आज : सप्तऋषिको पूजा गर्दै हिन्दु नारीहरू | ऋषि पञ्चमी — परम्पराभित्र लुकेको जीवन–दर्शन | सडकमा हात हल्लाएर सवारी नियन्त्रण गर्ने अवस्था अन्त्य गर्नुपर्छ : आईजीपी कार्की | गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते |

अर्थतन्त्र शेयर व्यापार ३१ भाद्र २०८३, बुधवार

घट्यो बैंकको ब्याजदर, व्यक्तिगत मुद्दतीमा औसत ४.०८९६ प्रतिशत

Rastriyanews

काठमाडौँ, ३१ भदौ । बैंक तथा वित्तीय संस्थाहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। वाणिज्य बैंकहरूले निक्षेपकर्तालाई दिने ब्याजदर असोजमा पनि घटाएका छन्।

२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदरको औसत भदौको तुलनामा असोजमा ०.०४६ प्रतिशत बिन्दुले घटेको छ। भदौमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरको औसत ४.१३६० प्रतिशत रहेकामा असोजमा घटेर ४.०८९६ प्रतिशत कायम भएको छ। साउनमा भने यस्तो औसत दर ४.१६७५ प्रतिशत थियो।

भदौको तुलनामा असोजमा चारवटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने १६ वटा बैंकले स्थिर राखेका छन्। ब्याजदर घटाउने बैंकमा नबिल, एभरेस्ट, स्ट्यान्डर्ड चार्टर्ड र कुमारी बैंक रहेका छन्।

केही बैंकले ब्याजदर सामान्य रूपमा घटाउँदा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर घटेको हो। असोजमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५५ प्रतिशतभन्दा तल झरेको छ। प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अन्य बैंकको तुलनामा केही बढी ब्याजदर दिने भएको छ।

तर ४.५५ प्रतिशत ब्याजदर १० वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा मात्र लागू हुने भएकाले छोटो अवधिका निक्षेपमा बैंकहरूले तुलनात्मक रूपमा कम ब्याजदर दिने गरेका छन्।

नयाँ ब्याजदर असोज महिनामा खोलिने नयाँ मुद्दती खाताका साथै यसै महिनामा अवधि पूरा भएर नवीकरण हुने मुद्दती निक्षेपमा लागू हुनेछ। यसअघि लामो अवधिका लागि मुद्दती खाता खोलेका निक्षेपकर्ताले भने खाता खोल्दाका शर्तअनुसारकै ब्याजदर पाउनेछन्।

निक्षेपको ब्याजदर घट्दा बैंकहरूको आधार दरमा समेत कमी आउने र त्यसले कर्जाको ब्याजदर घटाउन दबाब सिर्जना गर्ने गर्छ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जा प्रवाह अपेक्षाअनुसार हुन नसकेका कारण ब्याजदर घट्दो क्रममा रहेको छ। नेपाल राष्ट्र बैंकले समेत वित्तीय प्रणालीको तरलता व्यवस्थापन तथा अन्तरबैंक ब्याजदर नियन्त्रणका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधालगायतका उपकरणमार्फत प्रणालीबाट तरलता खिच्दै आएको छ।

व्यक्तिगत मुद्दती निक्षेपमा कुन बैंकको ब्याजदर कति?

असोज महिनाका लागि सार्वजनिक गरिएको २० वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरको सूची यसप्रकार छ।

प्रतिक्रिया

सम्बन्धित समाचार