मुख्य समाचार
पश्चिम नवलपरासीमा कुटपिटबाट घाइते युवकको मृत्यु, एक जना पक्राउ | भोटेकोशी बाढीमा बेपत्ता पाल्पाका चार जनाको कुशको शव बनाएर दाहसंस्कार | पाल्पाबाट संकलित राहत सामग्री नुवाकोट रेडक्रसलाई हस्तान्तरण | बुटवलमा वामपन्थी दलहरुको भूमिकामाथि मन्थन | नेपाललाई पाल्पाली सहकारी पत्रकारिता पुरस्कार | सम्पादकीय : संविधानको ११औँ वर्ष नागरिकको 'डेलिभरी' मा कहिले प्रतिविम्बित हुने? | मदिरा सेवन गरी सवारी चलाउने पाँच चालक कारबाहीमा | लुम्बिनी प्रदेश लोक सेवा आयोगले मुख्यमन्त्रीसमक्ष पेस गर्‍यो सातौँ वार्षिक प्रतिवेदन | विश्वकर्मा पूजा : औजारदेखि सवारीसाधनसम्म पूजाआजा | जात होइन, कर्मको गरिमा |

भोटेकोशी बाढीमा बेपत्ता पाल्पाका चार जनाको कुशको शव बनाएर दाहसंस्कार

Rastriyanews

पाल्पा । भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका पाल्पाका चार जनाको परिवारले कुशको शव बनाएर हिन्दू परम्पराअनुसार दाहसंस्कार गरेका छन्। तीन सातासम्म बेपत्ताको अवस्थाबारे कुनै जानकारी नआएपछि निराश भएका आफन्तले परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन्।

रिब्दीकोट गाउँपालिका–३ का विकास नेपाल, तिनाउ गाउँपालिका–२ झ्याङ्ला चिसापानीका ३४ वर्षीय रमेश थापा, तानसेन नगरपालिका–७ लामडाँडाकी ३५ वर्षीया निलम कार्की र तानसेन नगरपालिका–३ बसन्तपुरमा बस्दै आएका कालीगण्डकी गाउँपालिका–३, वइघा, स्याङ्जाका तिलबहादुर रानाको परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन्।

रिब्दीकोट गाउँपालिका–३ का विकास नेपालको आइतबार रिडीस्थित कालीगण्डकी नदीमा कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरिएको परिवारले जनाएको छ। तीन हप्तासम्म सम्पर्कमा नआएपछि हिन्दू संस्कारअनुसार अन्त्येष्टि गरिएको आफन्त निलम गौतमले बताउनुभयो।

नेपाल रसुवास्थित एक हाइड्रोपावरमा टिपर चालकका रूपमा कार्यरत हुनुहुन्थ्यो।

त्यस्तै, तिनाउ गाउँपालिका–२ का रमेश थापा बेपत्ता भएको २४ दिनपछि शनिबार दोभान खोलाको बञ्चरे पहाड घाटमा हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ। थापा रसुवास्थित लाङटाङ हाइड्रोपावरमा मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत हुनुहुन्थ्यो। उहाँका एक छोरा छन्।

भोटेकोशी बाढीमै बेपत्ता तानसेन नगरपालिका–७ लामडाँडाकी निलम कार्की लाङटाङ राष्ट्रिय निकुञ्जमा रेन्जर पदमा कार्यरत हुनुहुन्थ्यो। उहाँको पनि कालीगण्डकी नदीमा कुशको शव बनाएर दाहसंस्कार गरिएको परिवारले जनाएको छ।

त्यसैगरी, तानसेन नगरपालिका–३ बसन्तपुरमा बस्दै आएका स्याङ्जाका तिलबहादुर रानाको पनि कुशको शव बनाएर दाहसंस्कार गरिएको छ। उहाँ कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्र, स्याङ्जाको बेलाटारीमा कार्यरत हुनुहुन्थ्यो।

बाढीका कारण सम्पर्कविहीन भएका पाल्पाका ११ जनामध्ये नेपाल प्रहरीमा कार्यरत तानसेन–१०का दीपेन्द्र विष्टको शव पहिचान भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार