मुख्य समाचार
लुम्बिनी प्रदेश लोक सेवा आयोगले मुख्यमन्त्रीसमक्ष पेस गर्‍यो सातौँ वार्षिक प्रतिवेदन | विश्वकर्मा पूजा : औजारदेखि सवारीसाधनसम्म पूजाआजा | जात होइन, कर्मको गरिमा | उजाडिएको किनार र पानीमुनि पुरिएका सपनाहरू | घट्यो बैंकको ब्याजदर, व्यक्तिगत मुद्दतीमा औसत ४.०८९६ प्रतिशत | सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो | सिद्धबाबा नजिकै ढुङ्गा कारमाथि बजारिँदा २ जना घाइते | भोलिदेखि दैनिक १६० बुलेट ग्यास आयात हुने, एक साताभित्र अभाव हट्ने सरकारको दाबी | आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्करसहित एक जना पक्राउ | भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३९५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन |

समाचार राष्ट्रिय समाचार १ असोज २०८३, बिहीबार

विश्वकर्मा पूजा : औजारदेखि सवारीसाधनसम्म पूजाआजा

Rastriyanews

असोज १ गते । हरेक वर्ष असोज १ गते हिन्दू धर्मावलम्बीले भगवान् विश्वकर्माको पूजा गरी विश्वकर्मा पूजा मनाउने गर्छन्। आश्विन सङ्क्रान्तिका दिन सवारीसाधन, कलकारखानामा प्रयोग हुने धातुजन्य उपकरण तथा विभिन्न औजारको पूजाआजा गर्ने परम्परा रहिआएको छ।

कालिगड तथा विभिन्न उद्योग–कलकारखानामा काम गर्ने श्रमिकहरूले फलामे औजार, मेसिन तथा उपकरणको पूजाआजा गरी विश्वकर्मा पूजा मनाउने गर्छन्। यस दिन विशेषगरी मेसिन, औजार, सवारीसाधन तथा निर्माणसँग सम्बन्धित उपकरणको पूजा गर्ने चलन छ।

धार्मिक विश्वासअनुसार समुद्र मन्थनबाट प्रकट हुनुभएका भगवान् विश्वकर्मालाई स्मरण गर्दै औजार, धातुजन्य उपकरण तथा सवारीसाधनको पूजा गर्दा चोटपटक तथा दुर्घटनाबाट जोगिन सकिने जनविश्वास छ।

द्वापरयुगमा भगवान् कृष्णलाई विभिन्न राक्षसले दुःख दिएपछि कृष्णकै आग्रहमा भगवान् विश्वकर्माले समुद्रको बीचमा द्वार बनाई संरक्षण गरेको धार्मिक विश्वाससमेत रहेको छ। यही किंवदन्तीका आधारमा विश्वकर्मा पूजा गर्ने परम्परा सुरु भएको मानिन्छ।

विश्वकर्मा पूजाका अवसरमा काठमाडौँ उपत्यकाका भद्रकाली, मैतीदेवी तथा ललितपुरको महालक्ष्मी मन्दिरलगायत विभिन्न शक्तिपीठमा सवारीसाधनको विशेष पूजाआजा गर्ने गरिन्छ।

नेपालका विभिन्न उद्योग, वर्कसप, ग्यारेज तथा कलकारखानामा पनि विश्वकर्मा पूजाको दिन औजार तथा मेसिनरी सामग्रीलाई सजाएर विधिपूर्वक पूजा गर्ने गरिन्छ। यस अवसरमा श्रमिक तथा व्यवसायीहरूले आफ्नो काममा प्रयोग हुने उपकरणको सुरक्षित सञ्चालन र समृद्धिको कामनासमेत गर्ने गर्छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार