मुख्य समाचार
मदिरा सेवन गरी सवारी चलाउने पाँच चालक कारबाहीमा | लुम्बिनी प्रदेश लोक सेवा आयोगले मुख्यमन्त्रीसमक्ष पेस गर्‍यो सातौँ वार्षिक प्रतिवेदन | विश्वकर्मा पूजा : औजारदेखि सवारीसाधनसम्म पूजाआजा | जात होइन, कर्मको गरिमा | उजाडिएको किनार र पानीमुनि पुरिएका सपनाहरू | घट्यो बैंकको ब्याजदर, व्यक्तिगत मुद्दतीमा औसत ४.०८९६ प्रतिशत | सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो | सिद्धबाबा नजिकै ढुङ्गा कारमाथि बजारिँदा २ जना घाइते | भोलिदेखि दैनिक १६० बुलेट ग्यास आयात हुने, एक साताभित्र अभाव हट्ने सरकारको दाबी | आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्करसहित एक जना पक्राउ |

समाचार राष्ट्रिय समाचार प्रदेश १ असोज २०८३, बिहीबार

मदिरा सेवन गरी सवारी चलाउने पाँच चालक कारबाहीमा

Rastriyanews

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने पाँच जना चालकलाई कारबाही गरेको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पा तथा मातहतका प्रहरी कार्यालयबाट भदौ महिनामा विभिन्न मिति र स्थानमा गरिएको चेकिङका क्रममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा पाँच जना चालक फेला परेका हुन्।

प्रहरीका अनुसार सार्वजनिक हित तथा सडक सुरक्षा विपरीतको कार्य गरेको भन्दै उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी कानुनी कारबाही गरिएको छ।

कारबाहीमा पर्ने चालकहरूमा तानसेन नगरपालिका–७ लामीडाँडामा लुम्बिनी प्रदेश ०१–००१ ज ००२५ नम्बरको जिप चलाउने तानसेन–७ का ३२ वर्षीय मिलन पराजुली, तानसेन–४ वृन्दावनमा लुम्बिनी प्रदेश ०१–००१ ज ०१७२ नम्बरको ईभी गाडी चलाउने तानसेन–५ का ३५ वर्षीय विजय कार्की, र तानसेन–७ लामीडाँडामा लुम्बिनी प्रदेश ०१–००१ ज ००४९ नम्बरको ईभी हाइस चलाउने गुल्मी रेसुङ्गा नगरपालिका–१० का ४२ वर्षीय लक्ष्मण बस्नेत रहेका छन्।

त्यस्तै, तानसेन–९ अम्लिहानमा लु १ ह २८८३ नम्बरको अटो रिक्सा चलाउने बगनासकाली गाउँपालिका–२ का ४२ वर्षीय जोगबहादुर कनौजे र तानसेन–७ ठाँटीमा लु २ ख ५५८३ नम्बरको बस चलाउने माथागढी गाउँपालिका–४ का २९ वर्षीय मनबहादुर दिशाले पनि मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएपछि कारबाही गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले मापसे गरी सवारी नचलाउन तथा सडक सुरक्षाप्रति जिम्मेवार बन्न चालकहरूलाई आग्रह गरेको छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार