आइतबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँ तोकिएको छ।
त्यस्तै, चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३ हजार १५ रुपैयाँमा झरेको छ।
अघिल्लो साता शुक्रबार सुनको मूल्य २ लाख ३८ हजार ४ सय रुपैयाँ थियो। मूल्यमा सानो वृद्धि भए पनि बजारमा सुनको कारोबार क्रमशः स्थिर रहँदै आएको महासंघले जनाएको छ।
यसअघि असोज ३१ गते सुनको मूल्य इतिहासकै उच्च स्तर २ लाख ५८ हजार रुपैयाँ प्रतितोला पुगेको थियो। त्यसयता अन्तर्राष्ट्रिय बजारमा भएका उतारचढावसँगै देशभित्र पनि सुनचाँदीको मूल्यमा निरन्तर परिवर्तन भइरहेको छ।










