नवलपरासी, असोज ६ गते । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–५ गेर्मीमा सामान्य विवादका क्रममा कुटपिट हुँदा एक युवकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ३० वर्षीय सुनील प्रसाद गुप्तालाई नियन्त्रणमा लिएको छ।>
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार सुनीलको कुटपिटबाट गम्भीर घाइते भएका सोही स्थानका ३० वर्षीय सञ्जय गुप्ताको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको हो।>
प्रहरीका अनुसार गत भदौ २९ गते साँझ सुनीलको घरमा पुगेका सञ्जयसँग सामान्य विवाद भएपछि कुटपिट भएको थियो। कुटपिटबाट गम्भीर घाइते भएका सञ्जयलाई उपचारका लागि रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा रिफर गरिएको थियो।>
उपचारकै क्रममा मंगलबार बिहान सञ्जयको मृत्यु भएपछि प्रहरीले सुनीललाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका सुनीलमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन