मुख्य समाचार
रामपुरमा तीन एकल आमालाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण | इलाममा ४१ बोरा गाँजासहित ट्रक नियन्त्रणमा, चालक फरार | पश्चिम नवलपरासीमा कुटपिटबाट घाइते युवकको मृत्यु, एक जना पक्राउ | भोटेकोशी बाढीमा बेपत्ता पाल्पाका चार जनाको कुशको शव बनाएर दाहसंस्कार | पाल्पाबाट संकलित राहत सामग्री नुवाकोट रेडक्रसलाई हस्तान्तरण | बुटवलमा वामपन्थी दलहरुको भूमिकामाथि मन्थन | नेपाललाई पाल्पाली सहकारी पत्रकारिता पुरस्कार | सम्पादकीय : संविधानको ११औँ वर्ष नागरिकको 'डेलिभरी' मा कहिले प्रतिविम्बित हुने? | मदिरा सेवन गरी सवारी चलाउने पाँच चालक कारबाहीमा | लुम्बिनी प्रदेश लोक सेवा आयोगले मुख्यमन्त्रीसमक्ष पेस गर्‍यो सातौँ वार्षिक प्रतिवेदन |

इलाममा ४१ बोरा गाँजासहित ट्रक नियन्त्रणमा, चालक फरार

Rastriyanews
ट्रकको फल्स बटम बनाएर लुकाइएको १ हजार ५०४ किलो ६१० ग्राम गाँजा बरामद

इलाम । इलाम प्रहरीले ठूलो परिमाणमा गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले इलाम नगरपालिका–९ भञ्ज्याङस्थित मेची राजमार्गबाट गाँजासहितको ट्रक नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बुधबार साँझ करिब ६ः३५ बजे प्रहरी चौकी गोलाखर्कबाट खटिएको प्रहरी टोलीले मेची राजमार्गमा चेकजाँचका क्रममा ना।४ ख ८९९६ नम्बरको फुलबडी ट्रक नियन्त्रणमा लिएको हो।

राजदुवाली सडकको अवस्थाका कारण ठूला सवारी साधनलाई कञ्चनजंघा सडकखण्डतर्फ डाइभर्सन गर्ने क्रममा ट्रक शंकास्पद देखिएपछि प्रहरीले रोक्न खोजेको थियो। प्रहरीका अनुसार ट्रक रोक्ने क्रममा चालकले ट्रक स्टार्ट अवस्थामै छाडेर फरार भएका थिए।

त्यसपछि जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक देवी दत्त मातेको कमाण्डमा खटिएको टोलीले ट्रकको खानतलासी गर्दा फल्स बटम बनाई त्रिपालले छोपेर बोरामा लुकाइराखेको अवस्थामा गाँजा फेला पारेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार