बिकाश काफ्ले -गायक प्रेम लामिछाने मगरको हरेक बर्ष जस्तै यस बर्षपनि तिज गीत "कच कचे जोई " सार्वजनिक भएको छ हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको रौनक साउन लागेदेखि देशभर नै देखिन्छ । पहिलेका वर्षहरुमा झै यस वर्ष पनि तिजका गितहरु करीब २ महिना अगाडी देखि बजारमा आइसकेका छन । तिज विशेष भनेर बिभिन्न प्रकारले गितहरु आउने क्रम संगै नाचौ नाचौ लाग्ने ठट्यौली तिज गीत "कच कचे जोई " सार्बजनिक भएको हो ।
नेपाली समाज घरपरिवार भित्र श्रीमान अनि श्रीमती बिचको झगडालाई भिडियोमा देखाउन खोजि देखिन्छन् । गायक दोव्य लोक दुनियाँको साथी प्रेम लामिछाने मगर, पदम गिरी गायिका शान्ता रानी परियार र मञ्जली बस्यालको स्वरमा रहेको यस गीतमा रिजन न्यौपानेको सङ्गित, बिशाल रायमाझीको शब्द रहेको छ। मञ्जली बस्यालको युबटुब च्यानलले बजार व्यवस्थापन गरेको योे गीतमा गायक प्रेम लामिछाने र नविना सिलवाल (खुइली) को अभिनय रहेको छ। निर्देशन ,छायांकन र सम्पादन रोसन धितालको रहेको छ ।
हरेक बर्ष तीजमा नयाँ नयाँ गीत बजारमा ल्याउदै आएका गायक प्रेम लामिछाने मगरका यस अघि ऐ भुन्टीकी आमा , तिजको हर्खे , घुर्ने बुढी , गित चुरा बज्यो छिन् छिन् ,नथिले सिगार्यो लगायतका तिज गीतहरु सार्वजनिक भईसकेका छन ।
भिडियो हेर्नुहोस
https://www.youtube.com/watch?v=EW0kmGaHoK8
https://www.youtube.com/watch?v=EW0kmGaHoK8










