बासुदेव ढकाल रामपुर पाल्पा -
आर्थिक समृद्धिका लागि उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधार” भन्ने नाराका साथ सुरु चौथो रामपुर महोत्सव,कृषी प्रदर्शनी तथा व्यापार मेला २०८१ भव्य रुपमा सम्पन्न भएको छ । गत माघ १५ देखि सुरु भएको मेला आयोजकलाई उत्साही बनाउदै सफलता पूर्वक समापन गरिएको हो ।
रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा कार्यक्रम गरी समापन गरिएको छ। आयाजकले लिएको लक्ष्य अनुरुप लाखौं दर्शकको उपस्थिति र करोडौंको व्यापार गर्दै मेलाको समापन गरिएको हो।महोत्सवको आइतबार लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले समापन गर्नु भएको हो ।
महोत्सव समापन कार्यक्रममा लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति श्रेष्ठले रामपुर नगरपालिकालाई मुलुकको शासकिय स्वरुपमा सिमित नराखी कालीगण्डकी महानगरको अवधारणाका साथ अघि बढाउनु आवश्यक रहेको साथै कालीगण्डकी नदीले पाल्पाको रामपुर र स्याङ्गजा तनुहँ र नवलपुर जिल्लाको सिमा निर्धारण गरे पनि कालीगण्डकी उपत्यकाको समुदाय, कला र संस्कृति समान रहेको बताउँदै कालीगण्डकी उपत्यकाको एकिकृत विकासमा साझा अवधारण बनाएर अघि बढ्नु आवश्यक रहेको बताउनुभयो । उहाँले चार जिल्लाको संगम कालीगण्डकी उपत्यका भित्र रहेका भुगोलको रामपुर क्षेत्रलाई महानगरको रुपमा विकास गरी अघि बढाउनु पर्नेमा जोड दिदै रामपुरको विकासमा महोत्सवले महत्वपूर्ण भुमिका खेलेको बताउदै रामपुर महोत्सवले देश आर्थिक मन्दीमा छ भन्दै गर्दा रामपुर महोत्सव दर्शकको उपस्थिति र व्यवसायले फरक संन्देश दिएको बताउनुभयो ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले मुलुकको अर्थतन्त्र जब सम्म चलायमान हुन सक्दैन तब सम्म आर्थिक विकासले गति लिन नसक्ने साथै मेलाले उद्योग तथा व्यापार मात्र नभै खेल तथा कला संस्कृतिमा रहेका नयाँ प्रतिभाहरुले पनि सिक्ने अवसर प्राप्त गरेको बताउदै नगरलाई उत्पादन संग जोड्न पहल गर्दै आएको जिकिर गर्नुभयो।
रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले महोत्सवमा उत्साहजनक दर्शकहरुको उपस्थितिले मेला सफल भएको र अब फराकिलो खुल्ला स्थानको आवश्यकताको महशुस गराएको बताउनुभयो
रामपुर उद्योग वाणिज्य संघका सल्लाहाकार हजिल दिन मियाँले मेलाले गण्डकी बेशी क्षेत्रको पहिचानलाई थप स्थापित गर्न सफल भएको बताउनुभयो ।
नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिका सभापति नेत्र प्रसाद भट्टराईले विगतको महोत्सवको तुलनामा यस पटकको महोत्सव उत्कृष्ट भएको बताउनुभयो ।
नेकपा एमाले रामपुर नगर कमिटीका अध्यक्ष लिल बहादुर गाहाले रामपुरको पहिचान, धार्मिक तथा पर्यटकिय स्थलको प्रचारप्रसार संगै व्यापारमा महत्वपूर्ण टेवा दिएको बताउदै रामपुरको समग्र विकासको लागि बेला बेलामा मेला र महोत्सव हुनु आवश्यक रहेकोमा जोड दिनु भएकोछ ।
नेकपा मोओवादी केन्द्र रामपुर नगर कमिटी अध्यक्ष भिम विश्व भट्टराईले मेला सबैको साथ र सहयोगले सपलता प्राप्त गर्न सफल भएको बताउनुभयो । रामपुर नगरपालिका वडा नं. ७ का वडा अधयक्ष दोवराज तिवारीले थोपाथोपामा रहेका पुँजीलाई चलायमान गराउन सके मात्र विकासले गति लिन्छ भन्ने कुरा उद्योग वाणिज्य संघले प्रमाणित गरेको बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पा शाखाका उपाध्यक्ष बन्दना पोखरेलले महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण टेवा दिएको बताउँदै अब स्थानीय उत्पादनलाई बजार संग जोड्ने वातावरण तयार गर्नु आवश्यक रहेको बताउनुभयो ।
महोत्सव आयोजकले लिएको लक्ष्य भन्दा बढी उपलब्धी प्राप्त गर्दै सफलतापूर्वक सम्पन्न भएको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताउनुभयो । मेला समापनको अवसरमा उहाँले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा महत्वपूर्ण योगदान दिनुहुने सरोकारवालाको सहयोग व्यवसायी तथा दर्शकहरुको साथले महोत्सव सफल भएको बताउनुभयो ।
रामपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रुद्र नारायण श्रेष्ठले दर्शकहरुको साथ र सहयोगले आयोजकलाई थप हौसला थपेको महशुस गरेको बताउनुभएकोछ ।
रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा भएको कार्यक्रम वरिष्ठ उपाध्यक्ष रुद्र नारायण श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रममा सहभागीहरुलाई वाणिज्य उपाध्यक्ष विष्णु बहादुर सारुले धन्यवाद ज्ञापन साथै पुरुषोत्तम , खिम बहादुर केसीको सन्चालनमा कार्यक्रममा सम्पन्न भएको हो। स्टलमा स्थानीय कृषि उपज, घरेलु कुटिकर उधोग,हस्तकला , महिला उद्यमीले उत्पादन गरेका सामग्री, मौलिक खानाका परिकारको आकर्षण रहेका थिए। मेलाको अन्तिम दिन आइतबार चर्चित गायिका समिक्षा अधिकारी, लोक दोहोरी गायक मोहन खड्का, डिप्लव खाती, मोडल तथा डान्सर आस्था न्यौपाने, श्रेया थापा मगर सहित स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो ।














