समाचार स्थानीय समाचार प्रदेश ११ असोज २०८३, आइतबार

माथागढीमा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

Rastriyanews

पाल्पा, असोज ११ गते । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन्।

आज बिहान करिब ४ः३० बजे आएको पहिरोले स्थानीय लिलबहादुर घर्ती मगरको घर पुरिँदा ७५ वर्षीय लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्ती मगरकी १५ वर्षीया छोरी झरना घर्ती मगर बेपत्ता भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा खटिएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

लगातारको वर्षाका कारण पाल्पाका विभिन्न स्थानमा पहिरो तथा सडक अवरोधका घटना भइरहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार