नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुलीमा ट्र्याक्टरको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ।>
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु. ३ त. ३६३३ नम्बरको ट्र्याक्टरले आज बिहान ठक्कर दिएको थियो।>
ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालक डडेलधुराको अजयमेरु गाउँपालिका–१ निवासी २४ वर्षीय लोकेश भण्डारी गम्भीर घाइते भएका थिए। दुर्घटनालगत्तै प्रहरीले उद्धार गरी उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो।>
दुर्घटनामा संलग्न ट्र्याक्टर र त्यसका चालक नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका–१३ निवासी ३२ वर्षीय लोकबहादुर महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।>
मृतक भण्डारी काठमाडौंस्थित प्रहरी वृत्त सामाखुसीमा प्रहरी जवानका रूपमा कार्यरत रहेको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिनुभयो।>
>>
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।>>