समाचार राष्ट्रिय समाचार प्रदेश ११ असोज २०८३, आइतबार

तिनाउ नदीको बाढीले बुटवलमा दुई घर बगायो, तीनमा क्षति

Rastriyanews

बुटवल, असोज ११ गते । भारी वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ टप मजुवामा दुई वटा घर बगाएको छ भने तीन वटा घरमा आंशिक क्षति पुगेको छ। गएराति आएको बाढीले टप मजुवाका दुर्गा बानियाँ र उनका छिमेकीको घर बगाएको हो। बाढीका कारण नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीको घरमा आंशिक क्षति पुगेको छ।

घरमा क्षति भएपछि प्रभावित परिवारलाई स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बुटवल–११ का वडा सदस्य युवराज रानाले जानकारी दिनुभयो। स्थानीय प्रशासनले यसअघि नै नदी किनारमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।

गएरातिसम्म वर्षा भए पनि आज बिहानदेखि बुटवलमा वर्षा रोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार