मुख्य समाचार
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला | भोटेकोशी बाढीपीडितको उपचारमा सहयोग गर्न बगनासकालीमा रक्तदान कार्यक्रम | भोटेकोशी क्षेत्रमा फेरि बाढीको जोखिम, नदी किनार नजान आग्रह | रसुवाका बाढीप्रभावितलाई पाल्पाका चार स्थानीय तहद्वारा आर्थिक सहयोग घोषणा; भदौ १५ गते बगनासकालीमा रक्तदान कार्यक्रम हुँदै | आज जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइँदै | विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र दैनिक खाजा खर्च बढाउने निर्णय | तीज कार्यक्रमको बजेट बाढीपीडितलाई सहयोग गर्ने रामपुर नगरपालिकाको निर्णय | राष्ट्रपति पौडेलले भोटेकोशी बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिने | रसुवा बाढीपछि लुम्बिनीका १२९ जना सम्पर्कविहीन | ट्र्याक्टरसहित विभिन्न जातका काठका ३० गोलिया नियन्त्रणमा |

तिनाउ खोलामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला

Rastriyanews

पाल्पा । तिनाउ खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भदौ १३ गते बिहान तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा परिवारसहित घुम्न आएका भारत उत्तर प्रदेश इटावा सिद्धार्थनगर निवासी २१ वर्षीय प्रभाष सोनी पौडी खेल्ने क्रममा अचानक पानीको बहाव बढ्दा बगेर बेपत्ता भएका थिए।

बेपत्ता भएको जानकारी प्राप्त भएपछि प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले बुटवल, रुपन्देहीसँग समन्वय गरी खोजतलास गरेको थियो। खोजीका क्रममा करिब ११ः५२ बजे रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ उजालापुरस्थित तिनाउ खोलामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार