मुख्य समाचार
ठिमुरे कल्याण कृषि सहकारीको १०औँ साधारण सभा सम्पन्न, ज्येष्ठ नागरिक र उत्कृष्ट कृषक सम्मानित | रिब्दिकोट–६ को वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न : पुरुषतर्फ बहर्गा र महिलातर्फ चण्डेश्वरीलाई उपाधि | रुकुमपश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ जना घाइते | पटाका पड्काउने क्रममा घाइते आठ वर्षीय बालकको मृत्यु | पूर्वखोलाको जल्पामा देउसी–भैलो विशेष कार्यक्रम हुँदै | माटोको कण सुहाउँदो बाली व्यवस्थापन | नवलपुरमा सडक दुर्घटना : २४ वर्षीय प्रहरी जवानको मृत्यु | तिहारको दोस्रो दिन आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै | कुकुर तिहारमा सशस्त्र प्रहरीका तालिमप्राप्त कुकुरको क्षमता प्रदर्शन | पूर्वखोलाका ६ वटै वडामा तिहारको रौनक, हराउँदै मौलिक देउसी–भैलोको परम्परा |

समाचार राष्ट्रिय समाचार २३ कार्तिक २०८३, सोमबार

रुकुमपश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ जना घाइते

Rastriyanews

रुकुमपश्चिम, कात्तिक २३ । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–५, नयाँडाँडा नजिकै जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायव उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलका अनुसार सोमबार बिहान आठबिसकोट नगरपालिका–५ को थापागाउँबाट सोही वडाको नयाँडाँडा जाने क्रममा भे १ च ३११२ नम्बरको डबल क्याब जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको र १३ जना घाइते भएको डिएसपी पौडेलले जानकारी दिनुभयो। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ भने अन्य आठ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। मृतक तथा घाइतेहरूको पहिचान खुल्न सकेको छैन।

स्थानीयवासी र प्रहरीले उद्धार गरी घाइतेहरूलाई उपचारका लागि आठबिसकोट नगर अस्पताल पठाएका छन्। जिप सडकबाट करिब ३० मिटर तल खसेको बताइएको छ।

दुर्घटनाको कारण र घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार