काठमाडौं, कात्तिक १२ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।>
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।>
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको छ । बुधबार तीन हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर प्रतितोला तीन हजार ९३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।>>