मुख्य समाचार
माटोको कण सुहाउँदो बाली व्यवस्थापन | नवलपुरमा सडक दुर्घटना : २४ वर्षीय प्रहरी जवानको मृत्यु | तिहारको दोस्रो दिन आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै | कुकुर तिहारमा सशस्त्र प्रहरीका तालिमप्राप्त कुकुरको क्षमता प्रदर्शन | पूर्वखोलाका ६ वटै वडामा तिहारको रौनक, हराउँदै मौलिक देउसी–भैलोको परम्परा | जलन न्यूनीकरणका लागि बुटवल–११ मा समुदायस्तरीय छलफल | बजारमा सुनचाँदीको मूल्य यथावत् | बाठो र मानवमैत्री चरा काग : तिहारमा पूजा गर्नुको यस्तो छ धार्मिक र वैज्ञानिक महत्त्व | सामाजिक – सांस्कृतिक सद्भाव र उज्यालोको पर्व : तिहार | तोलाको २ लाख ८३ हजारमा झर्‍यो सुनको मूल्य |

समाचार राष्ट्रिय समाचार २२ कार्तिक २०८३, आइतबार

कुकुर तिहारमा सशस्त्र प्रहरीका तालिमप्राप्त कुकुरको क्षमता प्रदर्शन

Rastriyanews
विपद् उद्धारदेखि अपराध अनुसन्धानसम्म कुकुरको महत्वपूर्ण भूमिका

काठमाडौं, कात्तिक २२। यमपञ्चकअन्तर्गत आज कुकुर तिहार विभिन्न कार्यक्रम गरी मनाइएको छ। यस अवसरमा बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको पशु स्वास्थ्य तथा डग ह्यान्डलर उपशाखामा विशेष कार्यक्रम आयोजना गरी कुकुर तिहार मनाइएको हो।

कार्यक्रममा तालिमप्राप्त कुकुरहरूले अपराध अनुसन्धान, विस्फोटक पदार्थ तथा हातहतियार पहिचान, खोज तथा उद्धार र आधारभूत अनुशासनसम्बन्धी सीप प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा सीमा क्षेत्रमा विस्फोटक पदार्थ तथा हातहतियार पहिचान गर्ने, अपराधीको खोजी गर्ने तथा भूकम्प र अन्य प्राकृतिक विपद्का बेला भग्नावशेषमा पुरिएका मानिसको खोज तथा उद्धारमा परिचालन हुने कुकुरहरूले आफ्नो दक्षता प्रस्तुत गरेका थिए। साथै, कुकुरलाई दिइने आधारभूत तालिम र अनुशासनसम्बन्धी अभ्याससमेत प्रदर्शन गरिएको थियो।

सशस्त्र प्रहरीका अनुसार तालिमप्राप्त कुकुरहरू सुरक्षा चुनौती तथा प्राकृतिक विपद्का बेला महत्वपूर्ण रूपमा परिचालन हुँदै आएका छन्। २०७२ सालको भूकम्पदेखि पछिल्लो समय भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोजस्ता विपद्मा समेत कुकुरहरू खोज तथा उद्धार कार्यमा खटिएका थिए।

भोटेकोशी विपद्का क्रममा तीनवटा कुकुर परिचालन गरी कठिन भौगोलिक अवस्था, हिलो तथा मानिस पुग्न कठिन स्थानमा खोजी गरिएको थियो। उक्त क्रममा कुकुरहरूले २० वटा शव फेला पार्न सहयोग गरेका थिए।

कार्यक्रमको अन्त्यमा कुकुरहरूको पूजा गरी टीका र माला लगाइदिनुका साथै मिठा खानेकुरा खुवाएर कुकुर तिहार मनाइएको थियो।

मानिसको सुरक्षा, अपराध अनुसन्धान तथा विपद्का बेला खोज तथा उद्धारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका कुकुरप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै सशस्त्र प्रहरीले कुकुर तिहार मनाएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार