काठमाडौं, कात्तिक १८ गते । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ।>
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो।>
यस्तै, चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला ३ हजार ६ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।>
मंगलबार चाँदी प्रतितोला ३ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।>>