मुख्य समाचार
मौसम क्रमिक रूपमा सुधार हुँदै जाने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना | सुस्तामा पानीले बगाएर ल्याएको अवस्थामा बालकको शव फेला | बोली, बोल्ने कला र महत्त्व | नेपाललाई क्षेत्रीय ‘मेडिकल हब’ बनाउने सरकारको तयारी, कार्यदल गठन गरिने | द्वन्द्वात्मक युगको यात्रामा बर्तमानमा विश्व र नेपाल: विकास कि विनाश? | तानसेनका ३ हजार ३२४ उपभोक्ताले पाउने भए विद्युत् महसुलमा छुट | पत्रकार पक्राउको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन | नवलपरासी दुर्घटनामा पत्रकार पोखरेलको निधन | गुल्मीमा ट्याक्टर दुर्घटना : १२ वर्षीय बालकको मृत्यु | सुनचाँदी दुवै सस्तिए |

समाचार राष्ट्रिय समाचार १५ कार्तिक २०८३, आइतबार

मौसम क्रमिक रूपमा सुधार हुँदै जाने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

Rastriyanews

काठमाडौँ । अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएपछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति पनि देशभर आंशिक बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।

तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार