मुख्य समाचार
प्रधानमन्त्री शाहको शुभकामना : मौलिक चाडपर्वले सामाजिक एकता र सहिष्णुता बलियो बनाउँछन् | ठिमुरे कल्याण कृषि सहकारीको १०औँ साधारण सभा सम्पन्न, ज्येष्ठ नागरिक र उत्कृष्ट कृषक सम्मानित | रिब्दिकोट–६ को वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न : पुरुषतर्फ बहर्गा र महिलातर्फ चण्डेश्वरीलाई उपाधि | रुकुमपश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ जना घाइते | पटाका पड्काउने क्रममा घाइते आठ वर्षीय बालकको मृत्यु | पूर्वखोलाको जल्पामा देउसी–भैलो विशेष कार्यक्रम हुँदै | माटोको कण सुहाउँदो बाली व्यवस्थापन | नवलपुरमा सडक दुर्घटना : २४ वर्षीय प्रहरी जवानको मृत्यु | तिहारको दोस्रो दिन आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै | कुकुर तिहारमा सशस्त्र प्रहरीका तालिमप्राप्त कुकुरको क्षमता प्रदर्शन |

स्थानीय समाचार लुम्बिनी प्रदेश २३ श्रावण २०८३, आइतबार

बगनासकालीमा ३२औँ विश्व आदिवासी दिवस सम्पन्न: शेरबहादुर चिदीको अध्यक्षतामा नयाँ परिषद् गठन

Rastriyanews

पाल्पा, २४ साउन । आदिवासी जनजाति समन्वय समिति, बगनासकाली तथा नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद्, बगनासकालीको संयुक्त आयोजनामा ३२औँ विश्व आदिवासी दिवसको अवसरमा शुभकामना आदान–प्रदान, अन्तरसंवाद तथा अधिवेशन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
​"प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता" भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको हो।
​आदिवासी जनजाति समन्वय समिति, बगनासकालीका अध्यक्ष गणबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठक प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा गाउँपालिका प्रवक्ता एवं वडा नं. ३ का अध्यक्ष टिकाबहादुर थापा, वडा नं. ६ का अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, वडा नं. २ का अध्यक्ष तीर्थ भट्टराई, वडा नं. ५ का अध्यक्ष ओमप्रकाश गैरे, वडा नं. ८ का अध्यक्ष मोतीलाल बस्याल लगायत जनप्रतिनिधि, कार्यपालिका सदस्य, वडा सदस्य तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

​कार्यक्रममा आदिवासी जनजाति महासंघ जिल्ला सल्लाहकार तेजबहादुर घर्ती मगरले आदिवासी जनजातिका मौलिक अधिकार, पहिचान, भाषा, संस्कृति र परम्पराको संरक्षण गर्दै समावेशी, समानुपातिक र न्यायपूर्ण समाज निर्माणका लागि सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले जनजाति समुदायको ज्ञान, सीप र मौलिक पहिचानलाई राज्यको मूल प्रवाहसँग जोड्न स्थानीय तहको भूमिका अझ सशक्त हुनुपर्नेमा जोड दिनुभयो।

​कार्यक्रमसँगै सम्पन्न अधिवेशनले शेरबहादुर चिदीको अध्यक्षतामा "आदिवासी जनजाति महासंघ, बगनासकाली गाउँपालिका समन्वय परिषद्" गठन गरेको छ।
​नवनिर्वाचित नेतृत्वले बगनासकाली गाउँपालिकाभित्रका विभिन्न आदिवासी जनजाति समुदायबीच एकता, सहकार्य र समन्वय कायम गर्दै अधिकार, पहिचान, भाषा, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

प्रधानमन्त्री शाहको शुभकामना : मौलिक चाडपर्वले सामाजिक एकता र सहिष्णुता बलियो बनाउँछन्

२४ कार्तिक २०८३, मङ्गलबार

ठिमुरे कल्याण कृषि सहकारीको १०औँ साधारण सभा सम्पन्न, ज्येष्ठ नागरिक र उत्कृष्ट कृषक सम्मानित

२३ कार्तिक २०८३, सोमबार

रिब्दिकोट–६ को वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न : पुरुषतर्फ बहर्गा र महिलातर्फ चण्डेश्वरीलाई उपाधि

२३ कार्तिक २०८३, सोमबार

रुकुमपश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ जना घाइते

२३ कार्तिक २०८३, सोमबार

पटाका पड्काउने क्रममा घाइते आठ वर्षीय बालकको मृत्यु

२३ कार्तिक २०८३, सोमबार

पूर्वखोलाको जल्पामा देउसी–भैलो विशेष कार्यक्रम हुँदै

२३ कार्तिक २०८३, सोमबार

सम्बन्धित समाचार