मुख्य समाचार
माथागढीको स्वास्थ्य सेवामा १२ वर्ष बिताएका ध्रुवबहादुर सुनारलाई सम्मानसहित बिदाइ | रेमिट्यान्स र निर्यात बढ्दा शोधनान्तर बचतमा सुधार | गुल्मीमा देवरको कुटपिटबाट भाउजूको मृत्यु, आरोपित पक्राउ | पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु | रामपुर नगरपालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक पान दर्ता सेवा सुरु | तानसेन–१ मा सुविधासम्पन्न प्रशासकीय भवन उद्घाटन | नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदै | त्रिशूली नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह, बेनीघाट क्षेत्रमा अति उच्च जोखिम | बुढीगण्डकीमा ठूलो बाढी, सल्लेरी बजार बगायो, जगत बजारमा पनि क्षति | चियासँगै मनका कुरा गर्दै मानसिक स्वास्थ्यबारे सचेतना |

समाचार स्थानीय समाचार व्यापार ७ भाद्र २०८३, आइतबार

तानसेनमा ‘मेलोरा क्याफे’ सञ्चालनमा, भदौ ७ गते औपचारिक उद्घाटन गरिँदै

Rastriyanews

तानसेन, पाल्पा। पाल्पाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र तानसेनस्थित तेर्सो सडकमा अत्याधुनिक, सफा र सुविधायुक्त ‘मेलोरा क्याफे’ सञ्चालनमा आएको छ। लामो समयको प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा गरी क्याफेको भोलि, भदौ ७ गते, एक विशेष समारोहका बीच औपचारिक उद्घाटन गरिने भएको छ।

ऐतिहासिक सहर तानसेनको मध्यभागमा अवस्थित व्यस्त तेर्सो सडकमा खोलिएको यस क्याफेले स्थानीय उपभोक्ताका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूलाई समेत लक्षित गरी पूर्ण रूपमा स्वास्थ्यकर र फरक स्वादका परिकार प्रदान गर्ने उद्देश्य राखेको छ। क्याफेले विभिन्न प्रकारका स्वादिष्ट तथा स्थानीय रैथाने खाजाहरू मुख्य मेनुमा समावेश गरेको छ। विशेष गरी बिहान साझको खानाको लागि गुणस्तरीय सेवा उपलब्ध गराउनु क्याफेको मुख्य प्राथमिकता रहने सञ्चालकले जनाएका छन्।

यस क्याफेको मुख्य विशेषता स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नु रहेको छ। क्याफेमा प्रयोग हुने अधिकांश सामग्रीहरू पाल्पाकै स्थानीय कृषक र बजारबाट खरिद गरिने भएकाले यसले स्थानीय अर्थतन्त्रमा समेत टेवा पुर्‍याउने विश्वास गरिएको छ। उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै यहाँ पूर्ण रूपमा सरसफाइयुक्त र केमिकलमुक्त अर्गानिक सामग्रीको प्रयोगमा जोड दिइनेछ।

तानसेनमा अलि सस्तो र गुणस्तरीय खानाको अभाव महसुस गरिरहेका विद्यार्थी, कर्मचारी तथा सर्वसाधारणलाई लक्षित गर्दै मेलोरा क्याफेले सस्तो मूल्यमा बिहान र साँझको सफा एवं घरकै जस्तो स्वादिलो खानाको विशेष व्यवस्था गरेको छ। 

सञ्चालक टोलीका अनुसार उद्घाटनको सम्पूर्ण तयारी पूरा भइसकेको छ र यस अवसरमा सम्पूर्ण पाल्पाली नागरिक, स्वादका पारखी तथा ग्राहकहरूलाई कार्यक्रममा उपस्थित भई नयाँ स्वाद र सेवाको अनुभव लिन हार्दिक आमन्त्रण गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार