मुख्य समाचार
प्रधानमन्त्री शाहको शुभकामना : मौलिक चाडपर्वले सामाजिक एकता र सहिष्णुता बलियो बनाउँछन् | ठिमुरे कल्याण कृषि सहकारीको १०औँ साधारण सभा सम्पन्न, ज्येष्ठ नागरिक र उत्कृष्ट कृषक सम्मानित | रिब्दिकोट–६ को वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न : पुरुषतर्फ बहर्गा र महिलातर्फ चण्डेश्वरीलाई उपाधि | रुकुमपश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ जना घाइते | पटाका पड्काउने क्रममा घाइते आठ वर्षीय बालकको मृत्यु | पूर्वखोलाको जल्पामा देउसी–भैलो विशेष कार्यक्रम हुँदै | माटोको कण सुहाउँदो बाली व्यवस्थापन | नवलपुरमा सडक दुर्घटना : २४ वर्षीय प्रहरी जवानको मृत्यु | तिहारको दोस्रो दिन आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै | कुकुर तिहारमा सशस्त्र प्रहरीका तालिमप्राप्त कुकुरको क्षमता प्रदर्शन |

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

Rastriyanews
राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म १५ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ ।

विसं २०७४ देखि निर्माण सुरु गरिएको भए पनि सुरुका वर्षमा बजेट अभावका कारण कामले गति लिन सकेको थिएन । दोस्रो कार्यकालमा निर्वाचित जनप्रतिनिधिले चक्रपथ निर्माणलाई प्राथमिकता दिएको र तीनै तहका सरकारले बजेट विनियोजन गरेपछि आयोजनाले गति लिएको हो ।

इन्जिनियर अशोक बेल्वासेका अनुसार हालसम्म गाउँपालिकाले रु २० करोड, सङ्घीय सरकारले रु आठ करोड र लुम्बिनी प्रदेश सरकारले रु एक करोड गरी कुल रु २९ करोड खर्च भइसकेको छ ।

उहाँका अनुसार चालु आर्थिक वर्षमा पनि तीनै तहका सरकारले सो आयोजनाका लागि बजेट विनियोजन गरेका छन् । जसअनुसार गाउँपालिकाबाट रु एक करोड ६० लाख, सङ्घीय सरकारबाट रु तीन करोड र लुम्बिनी प्रदेश सरकारबाट रु ३० लाख विनियोजन भएको छ ।

https://youtu.be/dpDKlqm0AuY?si=IvVOEs8iTSjAguLz

बहुवर्षीय योजनाअन्तर्गत निर्माण सुरु गरिएको चक्रपथको राप्ती गाउँपालिका–६ मजेरियादेखि वडा नं २ कोखुलियासम्मको सडक कालोपत्र सम्पन्न भएको छ । दक्षिणतर्फको सडक स्तरोन्नतिको काम पनि भइरहेको छ ।

चक्रपथको दक्षिणतर्फ लमही नगरपालिका–१ सुनपुर, पूर्वतर्फ पाखापानी र उत्तरतर्फ सिङ्गोनालाई आधार बनाएर सडक निर्माणको काम भइरहेको छ । यस वर्ष उत्तरतर्फबाट पनि काम अघि बढाउने तयारी गरिएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो ।

उहाँले राप्ती चक्रपथ गाउँपालिकाको गौरवको योजनाका रूपमा रहेको बताउँदै निर्माण सम्पन्न भएपछि यस क्षेत्रको यातायात र आर्थिक गतिविधिमा थप सहजता आउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

प्रधानमन्त्री शाहको शुभकामना : मौलिक चाडपर्वले सामाजिक एकता र सहिष्णुता बलियो बनाउँछन्

२४ कार्तिक २०८३, मङ्गलबार

ठिमुरे कल्याण कृषि सहकारीको १०औँ साधारण सभा सम्पन्न, ज्येष्ठ नागरिक र उत्कृष्ट कृषक सम्मानित

२३ कार्तिक २०८३, सोमबार

रिब्दिकोट–६ को वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न : पुरुषतर्फ बहर्गा र महिलातर्फ चण्डेश्वरीलाई उपाधि

२३ कार्तिक २०८३, सोमबार

रुकुमपश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ जना घाइते

२३ कार्तिक २०८३, सोमबार

पटाका पड्काउने क्रममा घाइते आठ वर्षीय बालकको मृत्यु

२३ कार्तिक २०८३, सोमबार

पूर्वखोलाको जल्पामा देउसी–भैलो विशेष कार्यक्रम हुँदै

२३ कार्तिक २०८३, सोमबार

सम्बन्धित समाचार