पश्चिम नवलपरासी, कात्तिक १५ गते। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–स्थित १४ नम्बर ठोकरमा पानीले बगाएर ल्याएको अवस्थामा एक बालकको शव फेला परेको छ।>
जिल्ला प्रहरी कार्यालयका अनुसार करिब १० वर्ष उमेरका जस्तो देखिने बालकको शव फेला परेको हो। मृतक बालकको पहिचान खुल्न सकेको छैन।>
शवको सनाखत हुन नसकेपछि जिल्ला प्रहरी कार्यालयले बालकको पहिचान खुलाउन सर्वसाधारणसँग सहयोगको अपिल गर्दै सूचना सार्वजनिक गरेको छ।>>