स्थानीय समाचार लुम्बिनी प्रदेश २१ असोज २०८३, बुधवार

तानसेन बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

Rastriyanews

पाल्पा । नेपालीहरूको महान् चाड विजया दशमी, शुभ–दीपावली, छठ पर्व तथा नेपाल सम्वत् ११४७ लाई लक्षित गर्दै तानसेनमा यात्रु सहायता कक्ष (Passenger Help Desk) सञ्चालनमा ल्याइएको छ।

चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले यात्रुका समस्या समाधान, गुनासो सुनुवाइ तथा सहज यात्राका लागि तानसेन नगरपालिका–६ स्थित बसपार्कमा सहायता कक्ष स्थापना गरिएको हो।

जिल्ला प्रशासन कार्यालय पाल्पा, जिल्ला प्रहरी कार्यालय पाल्पा, जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पा, विभिन्न यातायात प्रालि, चालक तथा सहचालक, सर्वसाधारण र पत्रकारलगायतको सहकार्यमा सहायता कक्ष सञ्चालनमा ल्याइएको जनाइएको छ।

सहायता कक्षमार्फत यात्रुलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउनुका साथै यात्राका क्रममा देखिने समस्या र गुनासोको सुनुवाइ गरिनेछ।

प्रतिक्रिया