मुख्य समाचार
नवलपरासी दुर्घटनामा पत्रकार पोखरेलको निधन | गुल्मीमा ट्याक्टर दुर्घटना : १२ वर्षीय बालकको मृत्यु | सुनचाँदी दुवै सस्तिए | माण्डव्य ऋषि कपको विजेतालाई १ लाख ५५ हजार पुरस्कार | लुम्बिनीमा अवधी, मैथिली, मगर, थारु र उर्दु भाषालाई सरकारी कामकाजी भाषा बनाउने सभामुख घर्तीको प्रतिबद्धता | पाल्पामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी बैठक, सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न | नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि अनिवार्य टोल शुल्क, ६० देखि ६०० रुपैयाँसम्म लाग्ने | काठमाडौंमा प्रहरीको स्वीप अपरेसन : २४ घण्टामा ९२ जना पक्राउ | रविसँगको लामो संवादपछि बालेन सक्रिय, बिहीबार बिहानैदेखि कार्यालयमा | सुन महँगियो, चाँदी सस्तियो |

समाचार स्थानीय समाचार राष्ट्रिय समाचार १३ कार्तिक २०८३, शुक्रबार

नवलपरासी दुर्घटनामा पत्रकार पोखरेलको निधन

Rastriyanews

बुटवल, कात्तिक १३ । पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार रामग्राम नगरपालिका–२, सेतो पुलस्थित हुलाकी सडकमा शुक्रबार दिउँसो करिब सवा १२ बजे दुर्घटना भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३४९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लु.प्र. ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पोखरेल गम्भीर घाइते भएका थिए ।

तिलोत्तमा नगरपालिका–१३, भलवाडी निवासी ४५ वर्षीय पोखरेललाई उपचारका लागि जिल्ला अस्पताल परासी पुर्‍याइएको थियो । चिकित्सकले दिउँसो १२ः२० बजे उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्रक, मोटरसाइकल र ट्रक चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–६ निवासी २६ वर्षीय बन्धु रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पोखरेल काठमाडौंमा प्रकाशित आर्थिक राष्ट्रिय दैनिकका संवाददाता थिए । उनी रुपन्देहीबाट प्रकाशित अग्निपरीक्षा साप्ताहिकका प्रकाशक तथा सम्पादकसमेत थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार