मुख्य समाचार
बडादसैँको सातौँ दिन आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको विशेष पूजा | रामचन्द्र खनालको ऐतिहासिक उपन्यास ‘रानीमहल’ विमोचन | राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन अपिल | डा. राम बहादुर राउतको ‘जीवनशैली’ पुस्तक विमोचन: समाजलाई सकारात्मकतातर्फ फर्काउन मुख्यमन्त्री आचार्यको आह्वान | सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, सात स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा | माथागढीको स्वास्थ्य सेवामा १२ वर्ष बिताएका ध्रुवबहादुर सुनारलाई सम्मानसहित बिदाइ | रेमिट्यान्स र निर्यात बढ्दा शोधनान्तर बचतमा सुधार | गुल्मीमा देवरको कुटपिटबाट भाउजूको मृत्यु, आरोपित पक्राउ | पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु | रामपुर नगरपालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक पान दर्ता सेवा सुरु |

समाचार राष्ट्रिय समाचार १ कार्तिक २०८३, शनिबार

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन अपिल

Rastriyanews

काठमाडौँ, असोज ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

बडादसैँका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले दसैँले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारालाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभएको छ ।

बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त नेपालमा विभिन्न जातजातिका आ–आफ्नै परम्परा रहे पनि दसैँले भौगोलिक, सांस्कृतिक तथा भाषिक विविधताबीच सामाजिक एकता सुदृढ गर्नुका साथै सांस्कृतिक पहिचानलाई अक्षुण्ण राख्न सहयोग पुर्‍याएको उहाँको भनाइ छ ।

राष्ट्रपति पौडेलले विजयादशमीका दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र भगवान् रामले रावणमाथि विजय हासिल गरेको धार्मिक तथा ऐतिहासिक मान्यतालाई स्मरण गर्दै दसैँलाई अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयका रूपमा मनाइने पर्वका रूपमा चित्रण गर्नुभएको छ ।

दसैँले पारिवारिक जमघट र पुनर्मिलनमार्फत खुसी तथा हार्दिकता साटासाट गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्दै उहाँले यसको पारिवारिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राष्ट्रिय महत्त्व रहेको बताउनुभएको छ ।

यसैबीच, देशका विभिन्न भागमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति राष्ट्रपति पौडेलले दुःख व्यक्त गर्नुभएको छ । उहाँले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले बाढीबाट प्रभावित नागरिकको पुनःस्थापना तथा राहतका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नसमेत अपिल गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

बडादसैँको सातौँ दिन आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको विशेष पूजा

१ कार्तिक २०८३, शनिबार

रामचन्द्र खनालको ऐतिहासिक उपन्यास ‘रानीमहल’ विमोचन

१ कार्तिक २०८३, शनिबार

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन अपिल

१ कार्तिक २०८३, शनिबार

डा. राम बहादुर राउतको ‘जीवनशैली’ पुस्तक विमोचन: समाजलाई सकारात्मकतातर्फ फर्काउन मुख्यमन्त्री आचार्यको आह्वान

३० असोज २०८३, शुक्रबार

सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, सात स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

३० असोज २०८३, शुक्रबार

माथागढीको स्वास्थ्य सेवामा १२ वर्ष बिताएका ध्रुवबहादुर सुनारलाई सम्मानसहित बिदाइ

२९ असोज २०८३, बिहीबार

सम्बन्धित समाचार