चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा खसेको सुख्खा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनः दुईतर्फी सञ्चालनमा आएको छ।>
गएराति करिब १०ः२५ बजे पहिरो खसेपछि नारायणगढ–काठमाडौँ सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो। ५ वटा उपकरण प्रयोग गरी पहिरो हटाएपछि सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ।>
>>