मुख्य समाचार
माथागढीको स्वास्थ्य सेवामा १२ वर्ष बिताएका ध्रुवबहादुर सुनारलाई सम्मानसहित बिदाइ | रेमिट्यान्स र निर्यात बढ्दा शोधनान्तर बचतमा सुधार | गुल्मीमा देवरको कुटपिटबाट भाउजूको मृत्यु, आरोपित पक्राउ | पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु | रामपुर नगरपालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक पान दर्ता सेवा सुरु | तानसेन–१ मा सुविधासम्पन्न प्रशासकीय भवन उद्घाटन | नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदै | त्रिशूली नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह, बेनीघाट क्षेत्रमा अति उच्च जोखिम | बुढीगण्डकीमा ठूलो बाढी, सल्लेरी बजार बगायो, जगत बजारमा पनि क्षति | चियासँगै मनका कुरा गर्दै मानसिक स्वास्थ्यबारे सचेतना |

राष्ट्रिय समाचार समसामयिक ११ भाद्र २०८३, बिहीबार

विपद्को घडीमा धर्मगुरु विजयकृष्णमूर्तिको राहत कोषमा सहयोग

Rastriyanews

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री राहत तथा उद्धार कोषमा सहयोग जुट्न थालेको छ।

यसैक्रममा हिन्दु धर्मगुरु विजयकृष्णमूर्ति महाराजले कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ।

बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उहाँले उक्त रकम प्रदान गर्नुभएको हो।

धर्मगुरु विजयकृष्णमूर्ति महाराजले विपद्को कठिन घडीमा सबै क्षेत्र र समुदायबाट सक्दो सहयोग आवश्यक रहेको बताउँदै मानवीय सेवाका लागि सहयोग गर्न सबैलाई आह्वान गर्नुभएको छ।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अहिले पनि खोज तथा उद्धार कार्य जारी छ। सरकारले राहत तथा उद्धारलाई प्रभावकारी बनाउन सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न संघसंस्थालाई परिचालन गरिरहेको छ।

धर्मगुरुबाटै राहत कोषमा सहयोगको सुरुवात भएपछि विपद्को घडीमा सामाजिक तथा धार्मिक क्षेत्रबाट समेत सहयोग र सहकार्य बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार