मुख्य समाचार
तानसेन–१ मा सुविधासम्पन्न प्रशासकीय भवन उद्घाटन | नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदै | त्रिशूली नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह, बेनीघाट क्षेत्रमा अति उच्च जोखिम | बुढीगण्डकीमा ठूलो बाढी, सल्लेरी बजार बगायो, जगत बजारमा पनि क्षति | चियासँगै मनका कुरा गर्दै मानसिक स्वास्थ्यबारे सचेतना | चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन | जीवन र मृत्यु | रामपुरमा चौथो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताको तयारी पूरा, विजेताले साढे ३ लाखभन्दा बढी पाउने | भारतीय अभिनेता नाना पाटेकरको निधन | कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान |

तानसेन–१ मा सुविधासम्पन्न प्रशासकीय भवन उद्घाटन

Rastriyanews

पाल्पा । तानसेन नगरपालिका वडा नं. १ को नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ। तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले ताम्रपत्र अनावरण गर्दै भवनको औपचारिक उद्घाटन गर्नुभएको हो।

भवन उद्घाटन गर्दै नगरप्रमुख श्रेष्ठले नयाँ तथा सुविधासम्पन्न भवन निर्माण भएसँगै वडा कार्यालयको सेवा प्रवाह र दैनिक कार्यसम्पादनमा सहजता आउने विश्वास व्यक्त गर्नुभयो। उहाँले वडाबाट प्रदान गरिने सेवालाई पारदर्शी, छरितो र नागरिकमैत्री बनाउन जनप्रतिनिधि तथा कर्मचारीलाई आग्रह गर्नुभयो।

कार्यक्रममा वडाध्यक्ष सुनिल बस्यालले विगतमा आफ्नै सुविधासम्पन्न भवन नहुँदा सेवा प्रवाहमा विभिन्न कठिनाइ भोग्नुपरेको बताउनुभयो। नयाँ भवन सञ्चालनमा आएसँगै वडावासीलाई आवश्यक सेवा सहज र छिटो रूपमा उपलब्ध गराउन सहयोग पुग्ने उहाँको भनाइ थियो।

नवनिर्मित भवनमा व्यवस्थित कार्यकक्ष, बैठक हल तथा सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर आवश्यक पूर्वाधार निर्माण गरिएको छ। नयाँ भवनले वडा कार्यालयको प्रशासनिक कार्यलाई व्यवस्थित बनाउनुका साथै नागरिकलाई सहज रूपमा सेवा प्राप्त गर्ने वातावरण तयार गर्ने अपेक्षा गरिएको छ।

सुविधासम्पन्न भवनबाट प्रभावकारी सेवा प्रवाह, सुशासन र नागरिकमैत्री प्रशासनलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार