मुख्य समाचार
गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते | रविन्द्र घिमिरे माननीय माधव थापाको स्वकीय सचिवमा नियुक्त | जनप्रतिनिधिकै नेतृत्वमा श्रमिकमाथि कुटपिट भएको भन्दै सांसद थापाको आपत्ति | कुशे औँसी : कुशको महत्त्व र पिताको महत्त्व | वर्षाले देशभरका सडक प्रभावित, विभिन्न राजमार्गमा पहिरो र बाढीको असर | नक्कली खुकुरी चुरोटसहित गुल्मीमा एक जना पक्राउ | रिब्दीकोटका महिला स्वास्थ्य स्वयंसेविकाद्वारा विपद् कोषमा ६२ हजार बढी सहयोग | माइतीघरमा महिलाद्वारा आत्मदाह प्रयास | ‘जेनजी’ सहिद दिवस आज, देशभर सार्वजनिक बिदा | खोज तथा उद्धारको काम तदारुकतासाथ जारी छ : प्रधानमन्त्री शाह |

समाचार राष्ट्रिय समाचार प्रदेश २७ भाद्र २०८३, शनिबार

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

Rastriyanews

भदौ २७ गते । गैंडाकोटमा दुई वटा बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्।

गैंडाकोट नगरपालिका–१२, हर्कपुरस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान करिब ६ः५० बजे दुर्घटना भएको हो।

प्रहरीका अनुसार नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको लु.२ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको लु.२ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो।

दुर्घटनामा दुवै बसमा सवार १८ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको पुरानो चितवन मेडिकल कलेज र अन्यको नयाँ चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको विवरण

लु.२ ख ६४५७ नम्बरको बसमा सवार :

१. कालिकोट तिलागुफा नगरपालिका–३ का ३६ वर्षीय धनमान हमाल

२. गैंडाकोट नगरपालिका–५ की ६० वर्षीया लिला थापा

दुवै जनाको पुरानो चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

लु.२ ख ६०३६ नम्बरको बसमा सवार :

नयाँ चितवन मेडिकल कलेजमा उपचाररत :

३. बस चालक चितवन भरतपुर–४ का ४७ वर्षीय सन्तोषबहादुर गुरुङ

४. गैंडाकोट–७ की १२ वर्षीया आत्रिया पौडेल

५. गैंडाकोट–१५ की ४० वर्षीया माधवा ज्ञवाली

६. गोरखाका ३५ वर्षीय शंकर बयलकोटी

७. गैंडाकोट–२ की ३८ वर्षीया सीता ज्ञवाली

८. गैंडाकोट–२ की ११ वर्षीया जस्मिन ज्ञवाली

९. चितवन रत्ननगर–२ की १० वर्षीया दिभा रानाभाट

पुरानो चितवन मेडिकल कलेजमा उपचाररत :

१०. बारा कलैया उपमहानगरपालिका–९ का ६० वर्षीय मोहन भैया साह

११. चितवन भरतपुर महानगरपालिका–२ की ३१ वर्षीया निशा तिवारी

१२. निशा तिवारीका करिब ८ वर्षीय छोरा ऐट्रेन भट्ट

१३. दाङका करिब ५५ वर्षीय निमलाल खड्का

१४. निमलाल खड्काकी ५५ वर्षीया श्रीमती अमृता खड्का

१५. रुपन्देही मायादेवी गाउँपालिका–६ का ५७ वर्षीय मनोज गुरुङ

१६. मनोज गुरुङकी ५१ वर्षीया श्रीमती हुमा गुरुङ

१७. गैंडाकोट नगरपालिका–५ का ५२ वर्षीय प्रेमबहादुर रानाभाट

१८. गैंडाकोट नगरपालिका–६ की करिब ४३ वर्षीया मिरा आचार्य

दुर्घटनापछि घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार