काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य २५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ४५० रुपैयाँ पुगेको छ।>
बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।>>>>>>
>>