>
काठमाडौँ, असोज २५ । बुढीगण्डकी नदीमा बाढी खतरा तहभन्दा माथि पुगेको र जलसतह घटबढ भइरहेकाले त्रिशूली नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।>
बाढी पूर्वानुमान महाशाखाका अनुसार त्रिशूली नदीको बेनीघाटसम्मको क्षेत्रमा बाढीको अति उच्च जोखिम रहेकाले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ ।>
त्यस्तै, मुग्लिनसम्मको क्षेत्रमा बाढीको उच्च जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भनिएको छ । चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा मध्यम जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।>
महाशाखाले बाढीसम्बन्धी थप जानकारीका लागि नेपाल बाढी सूचना फेसबुक पेज हेर्न वा ११५५ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।>
नदी आसपासका बासिन्दालाई जलसतहमा हुने परिवर्तनप्रति सचेत रहन, जोखिमयुक्त क्षेत्रबाट टाढा बस्न र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।>>