मुख्य समाचार
माथागढीको स्वास्थ्य सेवामा १२ वर्ष बिताएका ध्रुवबहादुर सुनारलाई सम्मानसहित बिदाइ | रेमिट्यान्स र निर्यात बढ्दा शोधनान्तर बचतमा सुधार | गुल्मीमा देवरको कुटपिटबाट भाउजूको मृत्यु, आरोपित पक्राउ | पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु | रामपुर नगरपालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक पान दर्ता सेवा सुरु | तानसेन–१ मा सुविधासम्पन्न प्रशासकीय भवन उद्घाटन | नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदै | त्रिशूली नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह, बेनीघाट क्षेत्रमा अति उच्च जोखिम | बुढीगण्डकीमा ठूलो बाढी, सल्लेरी बजार बगायो, जगत बजारमा पनि क्षति | चियासँगै मनका कुरा गर्दै मानसिक स्वास्थ्यबारे सचेतना |

समाचार राष्ट्रिय समाचार प्रदेश नः १ ११ भाद्र २०८३, बिहीबार

विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र दैनिक खाजा खर्च बढाउने निर्णय

Rastriyanews

काठमाडौं । सरकारले बाढी, पहिरो, आगलागीलगायत प्राकृतिक विपद्का समयमा ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको भत्ता तथा दैनिक खाजा खर्च बढाउने निर्णय गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबार बसेको बैठकले विपद्का समयमा अग्रपङ्क्तिमा खटिने सुरक्षा निकायका जनशक्तिको सेवा–सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाका जनशक्तिले विपद्का समयमा आफ्नै ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा पुर्‍याउँदै आएको योगदानको कदर गर्दै सुविधा वृद्धि गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ।

विपद् व्यवस्थापन कार्यलाई अझ प्रभावकारी, द्रुत र परिणाममुखी बनाउन अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मीलाई राज्यका तर्फबाट सम्मान र प्रोत्साहनको अनुभूति गराउनु आवश्यक रहेकाले सेवा–सुविधा परिमार्जन गरिएको हो।

प्राधिकरणको कार्यकारी समितिको निर्णयअनुसार सम्बन्धित सुरक्षा निकायले आफ्नो तालुकदार मन्त्रालयमा आवश्यक प्रस्ताव पेस गर्नुपर्नेछ। त्यसपछि सम्बन्धित मन्त्रालयले यस विषयमा आवश्यक निर्णय गर्ने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार