रामपुर, असोज १२ गते । कालीगण्डकी नदीमा आएको बाढीले पाल्पाको रामपुर नगरपालिका–३ गण्डकीढिक र स्याङ्जाको चापाकोट नगरपालिका–६ साँखर जोड्ने केलादीघाट मोटरेबल पुलमा क्षति पुगेपछि सवारी आवागमन बन्द गरिएको छ।
अविरल वर्षासँगै आएको बाढीले पुलको पाल्पातर्फको भाग तथा बीच भागको स्पानमा क्षति पुर्याएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ। आइतबार बिहानदेखि साँझसम्म कालीगण्डकीको बहाव पुलभन्दा माथिबाट बगेको थियो।>
प्रारम्भिक अध्ययनअनुसार पाल्पातर्फबाट पहिलो र दोस्रो स्ल्याबको बेरिङ, बेरिङ स्टपर तथा रेलिङमा क्षति पुगेको सडक डिभिजन कार्यालय पाल्पाका सबइन्जिनियर राजन ढकालले जानकारी दिनुभयो।>
उहाँका अनुसार पहिलो र दोस्रो स्ल्याब जोड्ने भाग करिब १५ सेन्टिमिटर तथा दोस्रो र तेस्रो स्ल्याब जोड्ने भाग २२ सेन्टिमिटर पूर्वतर्फ सरेको छ। ती भागहरू १२ देखि १५ सेन्टिमिटरसम्म तल खस्किएको उहाँले बताउनुभयो।>
सडक डिभिजन कार्यालय पाल्पाका निमित्त प्रमुख पवित्रमणि आचार्यका अनुसार पुलमा आइतबारदेखि नै सवारी आवागमन रोकिएको छ। पुल विज्ञबाट विस्तृत अध्ययन गरेपछि मात्र पुल सञ्चालन गर्न सकिने वा नसकिनेबारे निर्णय हुने उहाँले बताउनुभयो।>
रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले कालीगण्डकीमा अहिलेसम्मकै ठूलो बहाव आए पनि पुल ठूलो क्षति हुनबाट जोगिएको बताउनुभयो।>
२०७१ सालदेखि सञ्चालनमा रहेको केलादीघाट पुल तीनवटा स्पानसहित १६६.६ मिटर लामो छ।>
>
यसैबीच कालीगण्डकीको बहावले रामपुर–१० र स्याङ्जाको चापाकोट जोड्ने निर्माणाधीन होस्दीको मोटरेबल पुल तथा रामपुर–६ र चापाकोट–७ जोड्ने गौरीघाट पुललाई समेत छोएको जनाइएको छ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन