मुख्य समाचार
केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय | १५ वर्षदेखि कृषिमा जम्दै भट्टराई: ‘मेहनत गरे स्वदेशमै वार्षिक ४ लाख आम्दानी सम्भव’ | गुल्मीमा दुःखद घटना : भीरबाट खसेर ३७ वर्षीया महिलाको मृत्यु | तानसेन एक राइडाँडा सडक जीर्ण, खाल्डाखुल्डी पुर्न चालक आफैँ बाध्य | रोल्पामा जुवातास खेल्नेविरुद्ध प्रहरीको कारबाही, नेतासहित १० जना नियन्त्रणमा | बजारमा सुन महँगियो, चाँदीको मूल्य घट्यो | कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीया महिलाको मृत्यु | मत फेरियो तर फेरिएन गाउँको नियति: सिंहदरबारको बेवास्तामा भुइमान्छेका ग्रामीण बस्ती | रुपन्देहीमा महिलाको हत्या गरी सुन लुटपाट गरेको आरोपमा चार जना पक्राउ | देउरानी सिरियल अब देउरानी इन्टरटेनमेन्ट युट्युब च्यानलबाट प्रसारण हुँदै, दर्शकलाई च्यानल सर्च गरेर हेर्न आग्रह |

राष्ट्रिय समाचार १८ कार्तिक २०८३, बुधवार

केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

Rastriyanews

काठमाडौं, कात्तिक १८ गते । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ। यसअघि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को जिम्मेवारीमा रहनुभएका केसीलाई सरकारले प्रहरी संगठनको सर्वोच्च पदमा बढुवा गरेको हो।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा खटाउने र उहाँको स्थानमा डा. केसीलाई बढुवा गर्ने निर्णय गरेको हो।

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्न प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धमा आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिन प्रहरी महानिरीक्षकस्तरको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरिएको छ।

उक्त पदमा हालका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई खटाउने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।

कार्की उक्त जिम्मेवारीमा खटिएपछि रिक्त हुने प्रहरी महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीलाई प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम २०८३ कात्तिक १८ गतेदेखि लागू हुने गरी बढुवा गरिएको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ।

सरकारको यो निर्णयसँगै नेपाल प्रहरीको नेतृत्व परिवर्तन भएको छ। डा. केसीले अब नेपाल प्रहरीको महानिरीक्षकका रूपमा संगठनको नेतृत्व सम्हाल्नुहुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार