मुख्य समाचार
गुल्मीमा दुःखद घटना : भीरबाट खसेर ३७ वर्षीया महिलाको मृत्यु | तानसेन एक राइडाँडा सडक जीर्ण, खाल्डाखुल्डी पुर्न चालक आफैँ बाध्य | रोल्पामा जुवातास खेल्नेविरुद्ध प्रहरीको कारबाही, नेतासहित १० जना नियन्त्रणमा | बजारमा सुन महँगियो, चाँदीको मूल्य घट्यो | कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीया महिलाको मृत्यु | मत फेरियो तर फेरिएन गाउँको नियति: सिंहदरबारको बेवास्तामा भुइमान्छेका ग्रामीण बस्ती | रुपन्देहीमा महिलाको हत्या गरी सुन लुटपाट गरेको आरोपमा चार जना पक्राउ | देउरानी सिरियल अब देउरानी इन्टरटेनमेन्ट युट्युब च्यानलबाट प्रसारण हुँदै, दर्शकलाई च्यानल सर्च गरेर हेर्न आग्रह | सुन तोलामा ७ सय रुपैयाँले महँगियो | दाङमा ट्रक–मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, दुई घाइते |

स्थानीय समाचार लुम्बिनी प्रदेश १८ कार्तिक २०८३, बुधवार

तानसेन एक राइडाँडा सडक जीर्ण, खाल्डाखुल्डी पुर्न चालक आफैँ बाध्य

Rastriyanews

पाल्पा। तानसेन नगरपालिका–१ लालिगुराँस हुँदै राइडाँडा जोड्ने सडक लामो समयदेखि जीर्ण अवस्थामा रहँदा सवारी चालकहरू आफैँ सडकका खाल्डाखुल्डी पुर्न बाध्य भएका छन्।

सडकमा ठाउँ–ठाउँमा खाल्डाखुल्डी पर्दा सवारी सञ्चालनमा कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्दै गएको चालकहरूको गुनासो छ। सडकको दयनीय अवस्थाका कारण पटक–पटक दुर्घटना हुने जोखिम बढेको भन्दै चालकहरूले चिन्ता व्यक्त गरेका छन्।

तानसेन नगरपालिकाको नजिकै रहेको सडकको अवस्था यस्तो हुँदा पनि स्थानीय सरकारको उपस्थिति अनुभूति गर्न नपाएको उनीहरूको गुनासो छ। जनप्रतिनिधि तथा सम्बन्धित निकायका अधिकारीहरू दैनिक यही सडक भएर आवतजावत गर्ने गरे पनि सडक सुधारमा चासो नदेखाएको भन्दै स्थानीय तथा चालकहरूले आक्रोश व्यक्त गरेका छन्। 

दुर्घटना हुँदा सवारी चालकलाई दोषी देखाउने तर सडक मर्मत तथा सुधारमा सम्बन्धित निकायले जिम्मेवारी नलिने प्रवृत्तिप्रति पनि उनीहरूले प्रश्न उठाएका छन्। सडकको दुरवस्थाका कारण दुर्घटना भए त्यसको जवाफदेहिता कसले लिने भन्ने उनीहरूको मुख्य चिन्ता छ।

पाल्पा जिल्लाको सदरमुकाम तानसेन नगरपालिकाभित्रै रहेको सडक वर्षौँदेखि जीर्ण अवस्थामा रहनु दुःखद विषय भएको स्थानीयको भनाइ छ। सडक मर्मतको जिम्मेवारी कुन निकायको हो भन्ने स्पष्ट पार्दै स्थानीय सरकार, प्रदेश तथा संघीय सरकारले आवश्यक समन्वय गरी तत्काल सुधारको काम अघि बढाउनुपर्ने उनीहरूको माग छ।

सवारी चालकहरूको प्रश्न छ, “दुर्घटना भएपछि चालकलाई दोष दिने सरकार दुर्घटना हुन नदिन सडक मर्मतमा चाहिँ कहिले अग्रसर हुने?”

सम्बन्धित निकायले समयमै ध्यान नदिए सडकको अवस्था अझै जोखिमपूर्ण बन्ने भन्दै चालक तथा स्थानीयवासीले तत्काल सडक मर्मत गर्न माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार