काठमाडौं । लोकप्रिय नेपाली टेलिसिरियल ‘देउरानी’ अब ‘देउरानी अफिसियल’ युट्युब च्यानलको सट्टा ‘देउरानी इन्टरटेनमेन्ट’ युट्युब च्यानलमार्फत प्रसारण हुन थालेको छ।>
च्यानल परिवर्तन भएसँगै कतिपय दर्शकले नयाँ भागको नोटिफिकेसन नआएको भन्दै अन्योल व्यक्त गर्न थालेका छन्। यसैलाई मध्यनजर गर्दै सिरियलका निर्देशक विष्णु रिजालले सम्पूर्ण दर्शकलाई युट्युबमा ‘देउरानी सिरियल’ सर्च गरी नयाँ च्यानलबाट एपिसोड हेर्न आग्रह गर्नुभएको छ। उहाँले यसबारे राष्ट्रिय न्यूज डटकमलाई जानकारी दिनुभएको हो।>
निर्देशक रिजालका अनुसार दर्शकको माया, साथ र विश्वासकै कारण ‘देउरानी’ सिरियलले निरन्तर सफलता हासिल गर्दै आएको छ। सिरियलका एपिसोडले दैनिक रूपमा १० लाख अर्थात् एक मिलियनभन्दा बढी भ्युज प्राप्त गरिरहेको उहाँले बताउनुभयो। यसले सिरियलप्रति दर्शकको आकर्षण र लोकप्रियता पुष्टि गरेको छ।>
प्रसारण हुने युट्युब च्यानल परिवर्तन भए पनि दर्शकको माया र विश्वासमा कमी नआउने निर्माण पक्षले अपेक्षा गरेको छ। निर्माण पक्षले सम्पूर्ण दर्शकलाई नयाँ च्यानल ‘देउरानी इन्टरटेनमेन्ट’ सब्सक्राइब गरी नयाँ एपिसोड हेर्न, प्रतिक्रिया दिन तथा आफ्ना सुझावहरू राख्न आग्रह गरेको छ।>
त्यसैगरी, ‘देउरानी–जेठानी’ सिरियलका विभिन्न रोचक दृश्य, छोटा क्लिप तथा मनोरञ्जनात्मक सामग्रीहरू पाल्पाको सञ्जय सागर फेसबुक पेजमार्फत पनि हेर्न सकिनेछ।>
सिरियललाई निरन्तर माया गर्दै आउनुभएका सम्पूर्ण दर्शकप्रति निर्माण पक्षले आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ, सहयोग र विश्वास कायम रहने अपेक्षा गरेको छ।>
नयाँ एपिसोड हेर्न युट्युबमा ‘देउरानी सिरियल’ सर्च गरी ‘देउरानी इन्टरटेनमेन्ट’ च्यानलमा जानुहोस्।>
>>