अन्तर्राष्ट्रिय समाचार २२ असोज २०८३, बिहीबार

भारतीय अभिनेता नाना पाटेकरको निधन

Rastriyanews

काठमाडौं । भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ।

गोवास्थित आफ्नै निवासमा हृदयाघात भएपछि बिहीबार बिहान ५:२० बजे पाटेकरको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मणिपाल अस्पतालका चिकित्सक डा. शेखर साल्करका अनुसार पाटेकरलाई बचाउने प्रयासस्वरूप करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिइएको थियो। तर, उपचार प्रयास सफल हुन सकेन। घटनापछि मेडिको–लिगल केस दर्ता गरी पोस्टमार्टम गरिने जनाइएको छ।

हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता पाटेकर आफ्नो प्रभावशाली अभिनय र सशक्त भूमिकाका कारण भारतीय चलचित्र क्षेत्रमा स्थापित थिए। उनको निधनले भारतीय चलचित्र क्षेत्रमा शोक छाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार