पाल्पामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

Rastriyanews

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबास्थित सिद्धार्थ राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

असोज १८ गते दिउँसो करिब १ः३० बजे बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ७४ प ९१७१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल तिनाउ खोलामा खसेको थियो।

दुर्घटनामा गुल्मीको छत्रकोट गाउँपालिका–३, हर्दिनेटा निवासी अन्दाजी ४७ वर्षीय नवराज पन्थ घाइते भएका थिए। प्रहरी चौकी दोभान र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले उनको उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाएको थियो।

तर, उपचारका क्रममा दिउँसो २ः५३ बजे पन्थको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार