पेटमा ईर्ष्या, मुखमा हाँसो राखिएन कहिल्यै>
अनावश्यक कुराको चासो राखिएन कहिल्यै>
भन्न त ककसले के के भने के के तर>
जानेर कसैप्रति गुनासो राखिएन कहिल्यै>
>
>
सरलताभन्दा धुर्त्याइँ जान्ने जमाना हो यो>
आडम्बर गरी इज्जत धान्ने जमाना हो यो>
अरू त देव न हुन्, किन अर्चना गर्नुपर्यो र>
आफूले आफैँलाई महादेव ठान्ने जमाना हो यो>
>
>
ठुला ठुला गफ हाँके पनि कुरा छान्नेहरू जन्मन्छन्>
आत्मीयहरूकै माझबाट छुरा हान्नेहरू जन्मन्छन्>
खुट्टा लर्बरिँदासम्म पराई पनि आउँछन् उठाउन तर>
निर्धक्क टेक्न थालेपछि खुट्टा तान्नेहरू जन्मन्छन्>
>
>
जस्तो खोज्यो त्यस्तै वस्तु भेटिन्छ बजारमा>
मान्छेले मनपर्दो सामग्री किन्छ बजारमा>
मूल्यभन्दा महत्त्व हेरिन्छ हरेक वस्तुको>
हिराभन्दा सुन बढी बेचिन्छ बजारमा >>