मुख्य समाचार
व्यवसायिक पृष्ठभूमिका रमेश पराजुली कांग्रेस महाधिवेशन प्रतिनिधिको चर्चामा | पाल्पामा विद्युत सेवा अवरुद्ध | सिद्धार्थ राजमार्गमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध | रिब्दीकोटमा पहिरोले दुई घर पूर्ण क्षति, एक महिला बेपत्ता | सप्तकोशीमा पानीको बहाव बढ्यो, ३० ढोका खोलिए | कम्युनिस्ट परिवारमा हुर्किएर कांग्रेसमा निष्ठाको राजनीति: बिदुर बस्यालको दमदार उम्मेदवारी | एसियाली खेलकुदमा नेपालले अफगानिस्तानलाई हरायो | देशभरका नदीमा जलसतह बढ्ने पूर्वानुमान, सतर्क रहन आग्रह | अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु | जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, सबै यात्रु सुरक्षित |

समाचार लुम्बिनी प्रदेश २४ श्रावण २०८३, आइतबार

पाल्पामा दुर्घटनाको कहालीलाग्दो तथ्यांक : ३ वर्षमा ९३ जनाको मृत्यु

Rastriyanews

पाल्पा । पाल्पामा पछिल्ला तीन आर्थिक वर्षमा २ सय ६९ वटा सवारी दुर्घटना हुँदा ९३ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख राजेन्द्र खड्काका अनुसार तीव्र गति, साँघुरा तथा घुमाउरा सडक र सवारी साधनको बढ्दो चापका कारण दुर्घटनाको जोखिम बढ्दै गएको हो ।

तीन वर्षको अवधिमा दुर्घटनामा ४ सय ८९ वटा सवारी साधन परेका छन् । दुर्घटनामा १ सय २४ जना गम्भीर र ३ सय ९१ जना सामान्य घाइते भएका छन् । तथ्यांकअनुसार मोटरसाइकल तथा जिप–कार दुर्घटनामा बढी पर्ने गरेका छन् ।

आर्थिक वर्ष २०८०/०८१ मा ३८ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको थियो । सो वर्ष ४२ जना गम्भीर र ४४ जना सामान्य घाइते भएका थिए ।

त्यस्तै, आर्थिक वर्ष २०८१/०८२ मा दुर्घटनाको संख्या बढेर ८५ पुगेको थियो । उक्त वर्ष १ सय ५० वटा सवारी साधन दुर्घटनामा परेका थिए भने २७ जनाको मृत्यु, ३४ जना गम्भीर र १ सय ४८ जना सामान्य घाइते भएका थिए ।

गत आर्थिक वर्ष २०८२/०८३ मा भने दुर्घटनाको संख्या थप बढेर १ सय ४६ पुगेको छ । यस अवधिमा १ सय ८६ वटा सवारी साधन दुर्घटनामा परेका थिए । दुर्घटनामा ३० जनाको मृत्यु, ४८ जना गम्भीर र १ सय ९९ जना सामान्य घाइते भएका छन् ।

यसैबीच, तीन वर्षको अवधिमा ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने २७ हजार ९ सय २३ वटा सवारी साधनलाई कारबाही गरेको छ । कारबाहीबाट २ करोड ३६ लाख ४२ हजार ५ सय ३ रुपैयाँ राजस्व संकलन भएको ट्राफिक कार्यालयले जनाएको छ ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नियमित सवारी जाँच, मादक पदार्थ सेवन (मापसे) तथा लागूपदार्थ सेवन गरी सवारी चलाउनेविरुद्धको चेकिङलाई कडाइ गरेको छ । साथै, सरोकारवाला निकायसँगको समन्वयमा सडक सुरक्षा तथा जनचेतनामूलक कार्यक्रमलाई समेत तीव्रता दिइएको छ ।

ट्राफिक प्रमुख खड्काले भने सीमित स्रोत–साधन, आधुनिक प्रविधिको अभाव, साँघुरा तथा घुमाउरा सडक र बढ्दो सवारी चापका कारण दुर्घटना नियन्त्रणमा चुनौती रहेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार