पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–६ धुस्तुङमा पहिरोले दुईवटा घर पूर्ण रूपमा क्षति पुर्याएको छ। पहिरोमा परी एक महिला बेपत्ता भएकी छन्।>
२०८३ असोज ७ गते रातिदेखि निरन्तर परेको अविरल वर्षाका कारण असोज ९ गते दिउँसो करिब २ः४५ बजे धुस्तुङमा पहिरो गएको हो।>
पहिरोले रिब्दीकोट–६ गोलफानका केसुराम सारु मगर र सोही स्थानका रामबहादुर उचईका ढुङ्गामाटोले बनेका जस्तापाताले छाएका तीनतले कच्ची घर पूर्ण रूपमा क्षति भएका छन्। घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट ढुङ्गामाटोसहितको लेदो बगेर आएपछि दुवै घर ढलेको प्रहरीले जनाएको छ।>
रामबहादुर उचईको चार सदस्यीय परिवार सकुशल रहेको छ। यस्तै, केसुराम सारुको चार सदस्यीय परिवारमध्ये उनकी ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारु पहिरोमा परी बेपत्ता भएकी छन्।>
अविरल वर्षा भइरहनुका साथै घरभन्दा माथिको मोटरबाटोबाट अझै ढुङ्गामाटोसहितको लेदो बगिरहेको कारण तत्काल उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।>
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मुझुङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। स्थानीयवासी तथा सम्बन्धित निकायसँग समन्वय गरी बेपत्ता कृष्णकुमारी सारुको खोजी तथा उद्धारका लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ।>
घटनामा अन्य चौपायामा क्षति नभएको प्रारम्भिक विवरण छ।>
तस्बिर: बिबेक गाहा>
>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन