काठमाडौं । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कात्तिक १५ गते शनिबारदेखि अनिवार्य रूपमा टोल शुल्क सङ्कलन गरिने भएको छ।>
आयोजनाका अनुसार सवारीसाधनको वर्गअनुसार ६० रुपैयाँदेखि ६०० रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ। सुरुङमार्ग प्रयोग गर्ने सवारीचालकले एनट्याग (RFID), क्यूआर कोड वा नगदमार्फत टोल शुल्क भुक्तानी गर्न सक्नेछन्।>
एनट्याग लिनका लागि सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक), सवारीधनीको परिचयपत्र र सक्रिय मोबाइल नम्बर आवश्यक पर्नेछ।>
टोल शुल्क सङ्कलन सुरु भएसँगै नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका चालकले यात्राअघि तोकिएको शुल्क र भुक्तानी प्रक्रियाबारे जानकारी लिनुपर्नेछ।>>