मुख्य समाचार
निजी सवारीलाई पनि नागढुंगा सुरुङमार्ग प्रयोग खुला | तानसेनमा ‘मेलोरा क्याफे’ सञ्चालनमा, भदौ ७ गते औपचारिक उद्घाटन गरिँदै | दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु | धार्मिक – सांस्कृतिक महत्त्वको जलेश्वर मन्दिर | रानीमहल डुबानमा परेपछि संसदमा डा. माधव थापाको 'हार-गुहार': आश्वासन होइन, तटबन्ध चाहियो! | नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल नियुक्त | भन्सार छलीका सामान नियन्त्रणमा | जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि | पत्रकार किशोर श्रेष्ठ पुनः पक्राउ पर्नसक्ने भन्दै निषेधाज्ञाको निवेदन लिएर उच्च अदालतमा | सामाजिक सद्भाव अभिवृद्धिमा प्रशंसनीय दृष्टिकोणको प्रयोग : चेपाङ समुदायबाट सिकाइ |

समाचार राष्ट्रिय समाचार ८ भाद्र २०८३, सोमबार

निजी सवारीलाई पनि नागढुंगा सुरुङमार्ग प्रयोग खुला

Rastriyanews

काठमाडौँ । ९ जनासम्म यात्रु क्षमता भएका कार, जिप, भ्यानलगायत निजी सवारीलाई सोमबारदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गरेर काठमाडौँ–धादिङ आवागमन गर्न खुला गरिएको छ।

सुरुङमार्ग उद्घाटन भएदेखि आपतकालीन सवारीलाई मात्र प्रवेश दिइँदै आएको थियो। सोमबार बिहान ९ बजेदेखि इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी नम्बर प्लेटका सवारीसहित ९ सिटसम्मका निजी सवारीलाई पनि सुरुङमार्गबाट आवागमन खुला गरिएको नागढुंगा सुरुङमार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठले जानकारी दिए।

परीक्षणस्वरूप निश्चित समयका लागि निजी सवारीलाई सुरुङमार्ग प्रवेश खुला गरिएको हो। परीक्षणपछि अन्य सवारीलाई पनि क्रमशः सुरुङमार्ग प्रयोग गर्न दिने तयारी गरिएको श्रेष्ठले बताए।

उनका अनुसार परीक्षणका क्रममा चालकहरूले भोगेका समस्या तथा अनुभवका आधारमा यो साताभरि विश्लेषण गरिनेछ। तत्कालका लागि निजी सवारीलाई सुरुङ प्रयोग गरेबापत कुनै शुल्क नलाग्ने उनले बताए।

निजी सवारीका लागि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सुरुङमार्ग सञ्चालन गरिनेछ। सोमबार बिहानदेखि गुर्जुधारास्थित फ्लाइओभरको बाटो पनि सञ्चालनमा आएको श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार