लमही । दाङको देउखुरीमा विषालु सर्पको डसाइबाट एक वृद्धको मृत्यु भएको छ ।>
मृत्यु हुनेमा लमही नगरपालिका–२, केरुनिया निवासी ७५ वर्षीय अगनी चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।>
प्रहरीका अनुसार शुक्रबार दिउँसो घरअगाडिको आँगनमा बसिरहेको अवस्थामा चौधरीलाई सर्पले खुट्टामा डसेको थियो । सर्पले डसेलगत्तै उपचारका लागि लमही अस्पताल पुर्याइएका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।>
पछिल्लो समय देउखुरीका विभिन्न क्षेत्रमा सर्पको गतिविधि बढ्दै गएको भन्दै डिभिजन वन कार्यालय दाङ देउखुरीले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।>
सर्पदंशबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि घरआँगन तथा आसपासका क्षेत्रमा विशेष सावधानी अपनाउन वन कार्यालयले अनुरोध गरेको छ ।>>