पाल्पामा खोलाले बगाउँदा दुई युवाको मृत्यु

Rastriyanews

पाल्पा । रैनादेवी छहरा गाउँपालिकामा खोलाले बगाउँदा दुई युवाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–७, जोगदमारका ३२ वर्षीय विपिन पोखरेल र २३ वर्षीय प्रवीन पुन रहेका छन्।

उनीहरू सोमबार बेलुकीदेखि सम्पर्कविहीन भएका थिए। खोजीका क्रममा रैनादेवी छहरा–७ डुम्रेवासस्थित ठाडोखोलामा उनीहरू सवार मोटरसाइकल फेला परेको थियो।

थप खोजी गर्दा दुवैजनाको शव रूपन्देहीको सैनामैना नगरपालिका–१०, मोवाघारीस्थित कञ्चन खोलामा फेला परेको प्रहरीले जनाएको छ।

शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार