मुख्य समाचार
पाल्पामा खोलाले बगाउँदा दुई युवाको मृत्यु | पाल्पामा विपद् उद्धार समिति गठन | तानसेन नगरपालिकाले नगरगान तयार गर्न आह्वान, उत्कृष्टलाई ५० हजार पुरस्कार | रिब्दीकोटमा पौरखी समूहको उदाहरणीय सहयोग, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० हजार | तिनाउ खोलामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला | भोटेकोशी बाढीपीडितको उपचारमा सहयोग गर्न बगनासकालीमा रक्तदान कार्यक्रम | भोटेकोशी क्षेत्रमा फेरि बाढीको जोखिम, नदी किनार नजान आग्रह | रसुवाका बाढीप्रभावितलाई पाल्पाका चार स्थानीय तहद्वारा आर्थिक सहयोग घोषणा; भदौ १५ गते बगनासकालीमा रक्तदान कार्यक्रम हुँदै | आज जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइँदै | विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र दैनिक खाजा खर्च बढाउने निर्णय |

पाल्पामा खोलाले बगाउँदा दुई युवाको मृत्यु

Rastriyanews

पाल्पा । रैनादेवी छहरा गाउँपालिकामा खोलाले बगाउँदा दुई युवाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–७, जोगदमारका ३२ वर्षीय विपिन पोखरेल र २३ वर्षीय प्रवीन पुन रहेका छन्।

उनीहरू सोमबार बेलुकीदेखि सम्पर्कविहीन भएका थिए। खोजीका क्रममा रैनादेवी छहरा–७ डुम्रेवासस्थित ठाडोखोलामा उनीहरू सवार मोटरसाइकल फेला परेको थियो।

थप खोजी गर्दा दुवैजनाको शव रूपन्देहीको सैनामैना नगरपालिका–१०, मोवाघारीस्थित कञ्चन खोलामा फेला परेको प्रहरीले जनाएको छ।

शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार