काठमाडौँ, भदौ २२ गते । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा आज देशभर राष्ट्रिय शोक मनाइँदै छ।
भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार भोटेकोसीमा आएको अकल्पनीय बाढीका कारण मृत्यु भएका व्यक्तिहरूप्रति सम्मान प्रकट गर्न आज राष्ट्रिय शोक मनाइएको हो।>
सरकारको निर्णयअनुसार आज देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।>
बाढी आएको १३औँ दिनमा सरकारले मृतकहरूप्रति उच्च सम्मान प्रकट गर्दै राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको हो।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन